१९ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नर्भिक आइभिएफले निशुल्क ओपिडी गर्दै, ल्याव र टिभिएसमा समेत छुट



अ+ अ-

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको ‘नर्भिक आइभिएफ सेन्टर’ले आउँदो शनिवार(चैत ४ गते) निशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ ।

निसन्तानसम्बन्धी समस्या भएका र दुरविन पद्दतीबाट स्त्रीरोग सम्बन्धमा शल्यक्रिया गर्न चाहने तथा अन्य कुनै स्त्रीरोग सम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गर्दै हस्पिटलले निशुल्क ओपिडी सेवा सञ्चालन गर्न लागेको हो ।

नर्भिक हस्पिटलकी बरिष्ठ स्त्री रोग तथा टेष्टट्युव वेवी बिशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मासहितको टोलीले निशुल्क ओपिडी सेवा सञ्चालन गर्नेछ ।

आगामी चैत्र ४ गते शनिवार बिहान १० देखि २ बजेसम्म नर्भिक आइभिएफ सेन्टरमा सञ्चालन हुने निशुल्क ओपिडी सेवामा बिरामीलाई भिडियो एक्सरेमा २० प्रतिशत र ल्याब परीक्षणमा १० प्रतिशत छुट दिइने नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले जानकारी दिए ।

उक्त स्वास्थ्य परीक्षणमा सहभागी बिरामीको कुनै पनि शल्यक्रिया गर्नुपरेमा थप छुटसहितको प्याकेज पनि लागू गरिने मिश्रको भनाई छ ।
निशुल्क ओपिडी सेवामा स्वास्थ्य परीक्षण गराउन चाहने बिरामीले अग्रिम रुपमा नाम दर्ता गराउन समेत सक्ने अस्पतालले जनाएको छ । अस्पतालको टेलिफोन नम्बर ०१५९७००३२ मा सम्पर्क गरी नाम दर्ता गराउन सकिनेछ ।

नर्भिक अस्पतालले सामाजिक उत्तरदायित्व(सीएसआर)अन्तर्गत सर्वसाधारण बिरामीलाई लक्षित गर्दै प्रत्येक शनिवार विभिन्न रोगसँग सम्बन्धित बिशेषज्ञ चिकित्सकद्वारा निशुल्क ओपिडी सेवा सञ्चालन गर्दै आएको छ । अस्पतालले गत फागुन ७ गते मधुमेहका रोगीलाई लक्षित गरी वृहत जनचेतनामूलक कार्यक्रम समेत गरेको थियो । आगामी चैत ७ गते समेत पुन: मधुमेहलक्षित जनचेतनामूलक कार्यक्रम समेत आयोजना हुँदैछ । सो कार्यक्रममा सहभागी बिरामीले ब्लडसुगर नि:शुल्क जाँचको सुविधा समेत पाउनेछन् ।