२३ आश्विन २०८१, बुधबार
,
Latest
बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै सरकारलाई निर्माण व्यवसायीहरुको चेतावनी: बक्यौता भुक्तानी नभए कडा आन्दोलनमा जान्छौं वास्तु अनुसार घरको छतमा लगाउनुस् यी चिजहरु चंगा देखियो, वर्षा गयो (फोटो फिचर) प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग: दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक – प्रधानमन्त्री खसी व्यापारीको गुनासो: महानगरका कारण खसी हराए, विक्री पनि भएनन् बाढीले ५० लाख बराबरको केरा नोक्सान नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग बडादशैँमा घर जाने सैनिक तथा आश्रित परिवारलाई यातायात सुविधा सञ्चालन रहेनन् वरिष्ठ गीतकार विश्व बल्लभ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखामा ट्रक दुर्घटनामा दुईको मृत्यु, छ घाइते



अ+ अ-

गोरखा । गोरखामा ट्रक दुर्घटना हुँदा सोमबार दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । गोरखा नगरपालिका–६ स्थित बिसौनीमोडमा प्र–३–०१–००३ क ६१७० नम्बरको तरकारी बोकेको ट्रक दुर्घटनामा परेकोे जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

दुर्घटनामा परी गोरखाको आरुघाट गाउँपालिका घर भएका ट्रकका चालक उमेश श्रेष्ठ र दोलखा जिल्ला सैलुङ गाउँपालिका–७ घर भई राष्ट्रिय वाणिज्य बैंक गजुरी शाखामा कार्यरत वर्ष ३२ का विष्णु खड्काको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको गोरखा अस्पतालमा र खड्काको चितवनस्थित भरतपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको उपरीक्षक लामिछानेले बताउनुभयो ।

दिउँसो गोरखा बसपार्कबाट आबुखैरेनीतर्फ आउँदै गरेका ट्रक अनियन्त्रित भएर विपरीत दिशाबाट आउँदै गरेको बा ८६ प १७८५ नम्बरको मोटरसाइकल र बाटोमा रहेको पैदलयात्री लछारेर सडकदेखि झण्डै २० मिटर तल खसेको थियो । दुर्घटनामा परेर घाइते हुनेमा सहिद गाउँपालिका–७ घर भएका ३० वर्षकी रमला राना मगर, ५९ वर्षका लालबहादुर गुरुङ र ६८ वर्षका नारायण भुजेल रहेका छन् ।

अन्य घाइतेमा गोरखा नगरपालिका १० की ४९ वर्षकी सावित्री विक, बर्दिया घर भएका २८ वर्षका मङ्गल चौधरी र ठेगाना र उमेर खुल्न बाँकी रहेका बुद्धीबहादुर नेपाली रहेका छन् । गम्भीर घाइते दुई जनाको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ भने अन्य घाइतेको गोरखा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस