२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

आसिफ बने ओडिआईमा सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने नेपाली ब्याटर



फाईल फोटो
अ+ अ-

काठमाडौं । ओपनर आसिफ शेख नेपालको लागि ओडिआईमा सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने ब्याटर बनेका छन् । आसिफले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पिएनजीविरुद्ध २१ बलमा ८ चौका र ३ छक्कासहित ५३ रनमा अविजित रहे ।

आसिफले पिएनजीका चाद सोपरको आठौं ओभरको चौथो बलमा छक्का हान्दै २१ बलमा अर्धधशतक पूरा गरेका थिए । अन्तिम आठौं ओभरको चार बलमा मात्र आसिफले २० रन बटुलेका थिए । उनले यस ओभरमा दुई चौका र दुई छक्का प्रहार गरेका थिए । यसअघिको ओभरसम्म भने आसिफले १७ बलमा ३३ रनमा खेलेका थिए ।

यसअघि नेपालबाट २०१८ मा नेदरल्यान्ड्सविरुद्ध सोमपाल कामीले ३८ बलमा अर्धशतक पूरा गरेका थिए ।

ओडिआईमा विश्व क्रिकेटमा सर्वाधिक छिटो अर्धशतक दक्षिण अफ्रिकाका पूर्व ब्याटर एवि डिभिलिर्यले बनाएका छन् । डिभिलिर्यले २०१५ मा वेस्टइन्डिजविरुद्ध १६ बलमै अर्धशतक पुरा गरेका थिए ।

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट सर्वाधिक छिटो अर्धशतक ज्ञानेन्द्र मल्लले बनाएका छन् । उनले २०२० मा मलेसियाविरुद्ध टि२० आईमा २० बलमा अर्धशतक पूरा गरेका थिए । टि२० आईमा भारतीय ब्याटर युवराज सिंहले १२ बलमा नै अर्धशतक पूरा गरेका थिए ।

नेपालको लागि कप्तान रोहित पौडेलले ओडिआईमा ८ अर्धशतक प्रहार गरेका छन् ।यस्तै, ज्ञानेन्द्र मल्लले ७, कुशल भुर्तेल, कुशल मल्ल र आरिफ शेखले ४–४ अर्धशतक प्रहार गरेका छन् । दीपेन्द्रसिंह ऐरीले ३, पारस खड्का र देव खनालले २–२ अर्धशतक प्रहार गरेका छन् ।