११ असार २०८२, बुधबार
,
Latest
प्रहरीबाटै जनताले सरकारको अनुहार हेर्छन्ः अध्यक्ष दाहाल विधेयक पारित हुन सरकारकै कारण ढिलाइ भइरहेको छः प्रमुख सचेतक पाण्डे घनपोखराका प्रकृति र संस्कृति पदयात्रा पर्यटनसँग जोडिँदै कुण्ठेका सामुदायिक विद्यालयका ४३८ विद्यार्थीलाई पोसाक वितरण संसदीय समितिमा सर्वसम्मत पारित भएका विधेयकमाथि छेडखानी नहोस्: प्रचण्ड ३१ वर्षअघि समुद्रमा फ्याँकिएको चिठी अहिले भेटियो बाँकेमा दुई हजार ५७८ हेक्टर क्षेत्रमा चक्ला वन निर्माण अध्यक्ष नेपालमाथिको मुद्दाबारे छलफल गर्न एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक भविष्यमा नेपालको सबैभन्दा ठूलो आम्दानीको श्रोत पर्यटन क्षेत्र होः पूर्वअर्थमन्त्री पाण्डे कोशीटप्पु वन्यजन्तु आरक्षका विस्थापित परिवारको प्रधानमन्त्रीलाई ज्ञापन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप चम्कँदा नेपाललाई ९६ रनको सामान्य लक्ष्य



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिजमा पपुवा न्यु गिनी(पीएनजी) ले नेपाललाई जितको लागि ९६ रनको सामान्य लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले ३२ ओभरमा अलआउट हुदै ९५ रन बनायो । पीएनजीको लागि आसद भालाले सर्वाधिक २० रन बनाए । यस्तै, सेसे बाउ १८, हिरि हिरि१४ र चाल्स अमिनि १६ रन बनाएर आउट भए । पीएनजीका अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालको लागि स्पिनर सन्दीप लामिछानेले सर्वाधिक पाँच विकेट लिए । उनले १० ओभर बलिङ गरेर २५ रन दिदै ५ विकेट लिए । ललित राजवंशी र कुशल मल्लले दुई/दुई विकेट लिए भने सोमपाल कामीले एक विकेट लिए ।