३ पुष २०८२, बिहीबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

चापागाँउमा रहेको आठौँ शताब्दीको बुद्धको मूर्ति चोरी



अ+ अ-

पाटन । ललितपुरको चापागाँउमा रहेको आठौँ शताब्दीको ऐतिहासिक पुरातात्विक बुद्धको दुईवटा मूर्ति चोरी भएको छ ।

चापागाउँ स्थित पुरानो बसपार्कसँगै मोती पुस्तकालय आडमा रहेको बुद्धको मूर्ति गएराति चोरी भएको स्थानीय श्रीधर श्रेष्ठले जानकारी दिनुभयो । चार मूर्ति रहेको बुद्ध चैत्यमा यसअघि फागुन १७ मा पनि मूर्ति चोरी भएको थियो ।

चैत्यमा राखिएको चार मूर्तिमध्ये तीन चोरी भइसकेको जनाइएको छ । बुद्धको मूर्ति भएको स्तूपा भत्काएर चोरी गरिएका अवस्थामा सर्वसाधरणाले भेट्टाएका हुन् । यो चैत्य इस्वी संवत् ८२७ मा स्थापना गरिएको शिलालेखमा उल्लेख छ ।