२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग टूः नेपालद्वारा यूएईसमक्ष २४९ रनको लक्ष्य प्रस्तुत



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गतले नेपालले यूएईलाई २४९ रनको विजयी लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा नेपालले ४९.२ ओभरमा अलआउट हुँदै २४८ रन जोडेको हो ।

टस जितेर पहिले ब्याटिङ थालेको नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७७ रनको योगदान दिए । ११२ बल खेलेका उनले ९ चौका प्रहार गरे । यस्तै, आरिफ शेखले ५२ बलमा ४३ रन जोड्दा, ३२ बल खेलेका गुल्शन झा ३ छक्का र १ चौकाको मद्दतमा ३७ रन जोडेर आउट भए । यसैगरी दिपेन्द्र सिंह ऐरीले १९ बलमा ३४ रन जोडे भने गरी भीम शार्कीले ३७ बलमा २९ रनको योगदानी दिए ।

यूएईका रोहन मुस्ताफा, जवार फरिद, आर्यान अफ्जल खान र जहुर खानले दुई–दुई विकेट लिँदा आर्यान लाक्रा, जुनैद सिद्दीकीले एक–एक विकेट लिए ।