• २३ जेष्ठ २०८१, बुधबार
  •      Wed Jun 5 2024
  •   Unicode
Logo
Latest
★   चन्द्रागिरिमा वनजाई, चुत्रो र टिम्बुरका बिरुवा लगाइयो ★   चुरे संरक्षण अभियानमा काँग्रेस नेता महरको ऐक्यवद्धता, सरकारले ध्यान नदिएको आरोप ★   तीनकुनेको आगलागी नियन्त्रण प्रयास हुँदै ★   लोकसभा चुनावमा १५ मध्ये ११ फिल्म स्टार विजयी ★   काठमाडौं उपत्यकालाई सांस्कृतिक शहर घोषणा गरौं: प्रमुख सचेतक परियार ★   विपद्बाट नागरिकलाई जोगाउन यस्तो छ सरकारको पूर्व तयारी ★   टी–२० विश्वकपः दावेदार भारतले आयरल्याण्डको सामना गर्दै ★   सन्दिप लामिछानेको वास्तविकताबारे सदनलाई जानकारी गराउन माग ★   मधेशका मुख्यमन्त्रीले २८ जेठमा विश्वासको मत लिने ★   चाबहिलमा एक पुरुषले पेट्रोल छर्किएर आफू, श्रीमती र ३ छोरीलाई आगो लगाए

प्रमिला यादवले उपराष्ट्रपति पदको उम्मेदवारी फिर्ता लिने



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) की सांसद एवं उपराष्ट्रपति पदकी उम्मेदवार प्रमिला यादवले आफ्नो उम्मेदवारी फिर्ता लिने हुनुभएको छ । निर्वाचन आयोगले उपराष्ट्रपतिमा जसपाकै रामसहाय यादवको उम्मेदवारी खारेज गर्नु नपर्ने निर्णय गरेपछि अर्की उम्मेदवार यादवले उम्मेदवारी फिर्ता लिने हुनुभएको हो ।

पार्टी प्रवक्ता मनिष सुमनका अनुसार निर्धारित समयमै यादवले उम्मेदवारी फिर्ता लिनु हुनेछ ।

जनता समाजवादी पार्टी (जसपा) का सांसद यादवविरुद्धच नेकपा (एमाले) की उपराष्ट्रपतिकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उपराष्ट्रपतिकी उम्मेदवार ममता झाले उजुरी दिनुभएको थियो ।

आफूविरुद्ध परेको उजुरीको जवाफ दिन नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुग्नुभएको थियो ।

आयोगले राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र समुदायका दुवै हुनुपर्ने अनिवार्य वा बाध्यात्मक व्यवस्था नरहेकाले यादवको उम्मेदवारी कायम राख्ने जनाएको छ ।

राष्ट्रपति खस आर्यतर्फको हुँदा उपराष्ट्रपतिमा यादव फरक समुदायको हुनसक्ने भएपनि खारेज हुनसक्ने भयले जसपाले प्रमिला यादवलाई पनि अघि सारेको थियो ।