• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   स्याङ्जामा आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु ★   ‘पुजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक, प्रमुख कलाकारले गरे कौडा नृत्य ★   धरौटी जम्मा गर्न नसकेपछि दीपेश पुन जेल चलान ★   फास्ट ट्रयाक समयमै सम्पन्न गर्न राज्य व्यवस्था तथा सुशासन समितिको सरकारलाई निर्देशन ★   वर्तमान सत्ता गठबन्धन अविश्वासको बोझले छिटै पतन हुन्छः काँग्रेस ★   कोशी प्रदेशः सङ्कल्प प्रस्ताव बहुमतले पारित ★   प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’ ★   केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु ★   पाकिस्तानमा वर्षाका कारण ७१ जनाको मृत्यु, ६७ घाइते ★   गण्डकी र सुदूरपश्चिममा प्रदेश प्रमुखले गैरकानूनी काम गरेको काँग्रेसको आरोप

मनाङको ङिस्याङ गाउँपालिकाको हिममातपछिको अबस्था – फोटो फिचर



मनाङ । मनाङको ङिस्याङ गाउँपालिकाको बस्ती ढाकिने गरी हिमपात भएको छ । लामो समयपछि शुक्रबार हिमपात भएको मनाङमा शनिबार मौसम खुलेसँगै गाउँबस्तीको सुन्दरता अझै बढेको छ ।

मनाङ ङिस्याङ गाउँपालिकाको हुम्डे (३,३०० मि) देखि माथिल्लो क्षेत्रमा हिमपात भइरहेको छ । सदरमुकाम चामेदेखि नै डाँडाकाँडामा पनि हिमपात भएको छ ।

हिमपातका कारण यहाँको जनजीवन कष्टकर बनेको छ । हिमपात भएपछि स्थानीयवासी घर बाहिर निस्किन सकिरहेका छैनन् ।

समयमा हिमपात नहुँदा किसानहरु चिन्तित थिए । अहिले हिमाली जिल्ला मनाङमा ढिला गरी हिमपात हुँदा किसान खुसी भएका छन् । यहाँको मुख्यबाली आलु र करु हो । चैत, वैशाखमा लगाइने यी बालीलाई पुसमा हिउँ पर्नुपर्छ । यसपटक ढिला गरी हिमपात भएको छ । माटो राम्ररी नभिजे पनि सुक्खापन केही कम हुने किसानहरुले अपेक्षा गरेका छन् ।

जमिन तातिएपछि हिमपात हुँदा हिउँको पानी जमिनमुनी नपुग्दै माथि नै सुक्छ । चिस्यान नभए खेतीबालीलाई पुग्दैन, उत्पादन घट्छ, तर पनि केही मात्रामा हिमपात हुँदा पनि किसान खुसी भएका हुन् ।

समयमा हिमपात नहुँदा सबैभन्दा बढी स्याउ उत्पादनमा असर पर्छ । स्याउ फुल्ने भनेको फागुन, चैतमा हो । फागुन सकिने बेलामा परेको हिमपातले स्याउको जरासम्म सिँचाइ हुँदैन तर पनि अहिले हिमपात हुँदा स्याउका जरामा पनि केही मात्रमा पानी पुग्ने यहाँका स्थानीयवासीले बताएका छन् । जिल्लामा जेठमा फापर , चैततिर गहुँ, आलु र केराउ लगाइन्छ ।