३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए

उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए
अ+ अ-

काठमाडौँ । सुदूरपश्चिममा रहेको दुर्गम अपी हिमाल गाउँपालिकाले पर्यटन प्रवद्र्धनमा छोटो समयमै उल्लेखनीय सफलता हासिल गरेको छ । ‘नाम सुनेको तर पुग्न नसकेको’ परिचय बदल्दै यो क्षेत्र अहिले शाहसिक पदयात्री र प्रकृति प्रेमीहरूको प्रमुख रोजाइमा पर्न थालेको छ ।

स्थानीय तहमा निर्वाचित नेतृत्वले योजनावद्ध विकासमा जोड दिएपछि आर्थिक समृद्धिको अन्य कुनै आधार नभएको यस गाउँपालिकाले अपी हिमाललाई सुदूरपश्चिमको उत्कृष्ट पर्यटकीय उद्यम र नेपालकै उत्कृष्ट गन्तव्य बनाउने लक्ष्य लिएको थियो । योजनावद्ध पूर्वाधार विकास, ट्रेकिङ रुट विस्तार र आक्रामक प्रवद्र्धनका कारण अपी हिमाल बेसक्याम्प क्षेत्र नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको हो । अपी गाउँपालिकाका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले अपी हिमाललाई सुदूरपश्चिमकै उत्कृष्ट पर्यटकीय उद्यम र राष्ट्रिय स्तरको गन्तव्य बनाउने लक्ष्यसहित काम भइरहेको बताउनु भयो । अध्यक्ष बोहराकाअनुसार नेपाल पर्यटन बोर्ड र संयुक्तराष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीको सहयोगमा गाउँपालिकाले अहिले  पर्यटन व्यवसायीलाई विभिन्न किसिमका तालिम सञ्चालन गरेको छ । त्यसैगरी पुर्वाधार विस्तारमा पनि काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘अपी हिमाल गाउँपालिका नेपालकै सुदूरपश्चिममा रहेको दुर्गम गाउँपालिका हो । यो गाउँपालिकामा पर्यटन बाहेक आर्थिक समृद्धिको कुनै आधार छैन । त्यसैले हामीले गाउँपालिकामा निर्वाचित भइसकेपछि अपी हिमाललाई सुन्दर, समृद्ध र विकसित अपी हिमाल बनाउन केही योजनावद्ध विकास गर्नुपर्छ भन्ने उद्देश्यले काम अगाडि बढायौँ र त्यो आवधिक योजनामामा समावेश ग¥यौं । अपी हिमालको बेसक्याम्पसम्म पुग्न पर्यटकीय पूर्वाधारहरुमा लगानी ग¥यौं । टुरिजम बोर्ड, प्रदेश सरकार र स्थानीय सरकार मिलेर बेसक्याम्पसम्मको ट्रेकिङ ट्रेलहरु बनाएका छौँ । ती ट्रेलमा टि–हाउस, गेस्ट हाउस र होमस्टे बनाएका छौँ । ट्रेकिङ गाइड तालिम पनि दिएका छौँ । पछिल्लो समय अपी हिमाल गाउँपालिकाको नाम सुनिने भएको छ । अहिले देश विदेशका सबै पर्यटकहरु,जो ट्रयाकिङमा रुचि राख्नुहुन्छ र उहाँहरुको रुचीको विषय अपि बनेको छ ।’

गत आर्थिक वर्षमा मात्रै करिव ५ हजार आन्तरिक तथा वाह्य पर्यटकले अपी हिमाल र बेसक्याम्पको भ्रमण गरेका छन् । पर्यटकको चहलपहल बढेपछि स्थानीय स्तरमा झन्डै ४ देखि ५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ । यसबाट होमस्टे सञ्चालक, ट्रेकिङ गाइड, होटल व्यवसायी र स्थानीय किसानहरू प्रत्यक्ष लाभान्वित भएका छन् । विशेषगरी स्थानीय रैथाने उत्पादनको माग बढेसँगै गाउँमै रोजगारी र आम्दानीका स्रोतहरू सिर्जना भएका छन् ।
विभिन्न स्थानमा टी–हाउस, गेस्ट हाउस र ९ वटा होमस्टेको व्यवस्था गरिएको छ । स्थानीयलाई ट्रेकिङ गाइड, बेकरी र कफी बनाउने तालिम प्रदान गरिएको छ । यही सक्रियताका कारण नेपाल सरकारले छोटो समयमा पर्यटन विकासमा योगदान पु¥याएको भन्दै अपी हिमाल गाउँपालिकालाई सम्मान समेत गरिसकेको छ । पर्यटकको संख्या बढेसँगै स्थानीयको आम्दानीमा वृद्धि भएको छ ।

अपी गाउँपालिका अध्यक्ष बोहरा भन्नुहुन्छ ‘यो एक वर्षभित्र अपी हिमाल गाउँपालिका र अपि बेस क्याम्प लगायतको गन्तव्यहरु घुम्नको लागि आन्तरिक तथा वाह्य पर्यटकहरु झन्डै ५ हजारको हाराहारीमा पुगेका छन् । यो दुर्गमको गन्तव्यको लागि खुशीको कुरा पनि हो किनकि ५ हजार पुग्नु भनेको हाम्रो लागि धेरै ठूलो कुरा हो । मलाई लाग्छ पर्यटकको संख्या बिस्तारै बढ्नेछ र त्यहाँको आर्थिक गतिविधिहरु पनि बढ्नेछ । अपी हिमाल गाउँपालिकाको जहाँ भूगोल धेरै ठूलो भए पनि जनसंख्या थोरै छ । हामीसँग ६१३.९५ वर्ग किलोमिटर भूगोल छ । जनसंख्या जम्मा ७ हजार पनि पुगेको छैन । पचास प्रतिशत मान्छेहरु बजारतिरै बस्नुहुन्छ ।  त्यही २५ सय मान्छे मात्रै त्यहाँ स्थायी रुपमा बस्छन् होला । तिनीहरुले जति धेरै आर्थिक गतिविधिहरु बढाए पनि आर्थिक विकास त हुँदैन । त्यसैले हामीसँग प्रकृतिले दिएका सुन्दर उपहारहरु छन् । अपी हिमाल लगायतका झन्डै १६ वटा त ६ हजार मिटर भन्दा माथिका हिमालहरु छन् । धार्मिक पर्यटक गन्तव्यहरु छन् । प्राकृतिक रिसोर्सहरु छन् । यिनीहरुलाई मात्रै हामीले देखाउन सक्यौँ भने पनि धेरै भन्दा धेरै पर्यटकहरु भित्रिन सक्छन् र ति पर्यटकहरुले थोरै खर्च गर्दा पनि आर्थिक गतिविधिहरु बढ्नसक्छ भन्ने अपेक्षा हाम्रो छ । अहिले ५ हजार पर्यटक हाम्रो गाउँपालिकामा भित्रदा झन्डै ५ करोडको कारोबार चाहिँ हुदो रहेछ ।’


पर्यटन विस्तारसँगै होमस्टे सञ्चालक, ट्रेकिङ गाइड, होटल व्यवसायी, सवारी चालक र स्थानीय किसान प्रत्यक्ष लाभान्वित भएका छन् । रैथाने उत्पादन र परिकारको माग बढेसँगै स्थानीय कृषि उत्पादन समेत बजारमा पुग्न थालेको छ । पर्यटन अहिले स्थानीयका लागि जीविकोपार्जनको प्रमुख आधार बन्दै गएको अध्यक्ष बोहराले बताउनु भयो ।

उहाँले भन्नुभयो ‘हाम्रो उद्देश्य भनेको पर्यटन व्यवसायको दिगोपना र व्यवस्थापनमा नै छ अहिले । पछिल्लो समय टुरिजम बोर्ड अन्तर्गत युएनडिपिको एसटिए प्रोजेक्ट अन्तर्गत खास गरी टे«ेकिङ दिगोपना रव्यवस्थापनलाई बढी फोकस गरेका छौँ । हाम्रो उदेश्य भनेको अब त्यो टे«ेकलाई कसरी विकसित गर्न सकिन्छ ? कसरी गुणस्तरीय बनाउन सकिन्छ र कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने मै जोड छ । हामीले टि हाउस सञ्चालक, होम स्टे संचालक,  होटल व्यवसायी, ट्रेकिङ गाईड तथा पोटर गाईडलाई तालिम दिइरहेका छौ । रैथाने उत्पादनका परिकारहरु पर्यटकले पनि खाइराख्नुभएको छ । हाम्रा सबै गतिविधिहरुको उदेश्य नै स्थानीयको जीविकोपार्जनलाई सपोर्ट गर्ने हो । त्यो अहिले भईरहेको छ । पर्यटक बढेपछि मान्छेहरुको जिविकोपार्जनको आधार पनि पर्यटन बनेको छ । त्यसैले हामी अब पर्यटकहरु भित्र्याउनुपर्छ भन्ने उद्देश्यले पर्यटकमैत्री भौतिक संरचना निर्माणमा पनि लागेका छौँ ।’

प्राकृतिक मनोरम दृश्यले भरिएकाले गाउँपालिकाले पर्यटन आकर्षित गर्न ट्रेकिङ ट्रेल मर्मत, सेवाको गुणस्तर सुधार, होमस्टे तथा टी–हाउस सञ्चालकलाई तालिम, साइनेज र नक्शा निर्माण लगायत कार्यलाई प्राथमिकतामा राखेको छ । अपी–सैपाल बेसक्याम्प जोड्ने ट्रेकिङ रुटलाई ग्रेट हिमालयन ट्रेलको पश्चिमी खण्डका रूपमा विकास गर्ने तयारी पनि गाउँपालिकाले गरेको छ ।

काठमाडौं–धनगढी–मकरिगाड हुँदै दुई दिनमै अपी हिमाल गाउँपालिका पुग्न सकिन्छ भने दुई दिनको पदयात्रापछि बेसक्याम्प पुगिन्छ । बेसक्याम्प क्षेत्रबाट अपी, नाम्पासहित १५ भन्दा बढी हिमाल, कालीढुङ्गा ताल, पार्वती कुण्ड र चमेलिया नदीको मुहान अवलोकन गर्न सकिन्छ । सामान्यतया काठमाडौंबाट ८ दिनको यात्रा तय गर्दा अपी बेसक्याम्प घुमेर फर्किन सकिन्छ । न्युज एजेन्सी नेपाल