• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   हैदराबादको प्रदर्शनले निराश देखिएकी को हुन् यी सुन्दरी ? ★   भारतको केन्द्रिय बैंकद्वारा निजी बैंकमाथि सुपरभाइजरी कारबाही गर्ने घोषणा ★   संविधान र कानूनमा भएको व्यवस्था जनतालाई बुझाउन नसक्दा कार्यान्वयनमा समस्या भयो: मन्त्री शर्मा ★   पृथ्वी राजमार्ग सडक विस्तारमा दिनरातै काम ★   बचतकर्ताको रकम फिर्ता गर्नेगरी सरकारले काम गर्छ – गृहमन्त्री लामिछाने ★   चितुवाको आक्रमणबाट एक जना घाइते ★   जब आईपीएलले रजत पाटिदारको विवाह नै रोक्यो ★   महोत्तरीका आगलागी पीडितको गुनसो: प्रदेश र संघ सरकारले बेवास्ता गरे ★   डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री ★   काठमाडौँ फेरि बन्यो विश्वकै प्रदूषित शहर

मनाङको ङिस्याङ गाउँपालिकाको हिममातपछिको अबस्था – फोटो फिचर



मनाङ । मनाङको ङिस्याङ गाउँपालिकाको बस्ती ढाकिने गरी हिमपात भएको छ । लामो समयपछि शुक्रबार हिमपात भएको मनाङमा शनिबार मौसम खुलेसँगै गाउँबस्तीको सुन्दरता अझै बढेको छ ।

मनाङ ङिस्याङ गाउँपालिकाको हुम्डे (३,३०० मि) देखि माथिल्लो क्षेत्रमा हिमपात भइरहेको छ । सदरमुकाम चामेदेखि नै डाँडाकाँडामा पनि हिमपात भएको छ ।

हिमपातका कारण यहाँको जनजीवन कष्टकर बनेको छ । हिमपात भएपछि स्थानीयवासी घर बाहिर निस्किन सकिरहेका छैनन् ।

समयमा हिमपात नहुँदा किसानहरु चिन्तित थिए । अहिले हिमाली जिल्ला मनाङमा ढिला गरी हिमपात हुँदा किसान खुसी भएका छन् । यहाँको मुख्यबाली आलु र करु हो । चैत, वैशाखमा लगाइने यी बालीलाई पुसमा हिउँ पर्नुपर्छ । यसपटक ढिला गरी हिमपात भएको छ । माटो राम्ररी नभिजे पनि सुक्खापन केही कम हुने किसानहरुले अपेक्षा गरेका छन् ।

जमिन तातिएपछि हिमपात हुँदा हिउँको पानी जमिनमुनी नपुग्दै माथि नै सुक्छ । चिस्यान नभए खेतीबालीलाई पुग्दैन, उत्पादन घट्छ, तर पनि केही मात्रामा हिमपात हुँदा पनि किसान खुसी भएका हुन् ।

समयमा हिमपात नहुँदा सबैभन्दा बढी स्याउ उत्पादनमा असर पर्छ । स्याउ फुल्ने भनेको फागुन, चैतमा हो । फागुन सकिने बेलामा परेको हिमपातले स्याउको जरासम्म सिँचाइ हुँदैन तर पनि अहिले हिमपात हुँदा स्याउका जरामा पनि केही मात्रमा पानी पुग्ने यहाँका स्थानीयवासीले बताएका छन् । जिल्लामा जेठमा फापर , चैततिर गहुँ, आलु र केराउ लगाइन्छ ।