९ श्रावण २०८३, शनिबार
,
Latest
सांसद गणेश पौडेलमाथि मसी प्रहारको रास्वपाद्वारा भर्त्सना, जनप्रतिनिधिको सुरक्षा गर्न सरकारसँग माग बुद्ध एयरले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६०० पोखरामा ध्वनि प्रदुषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ‘अपरेसन ३६५’ अन्तर्गत ७७३ सवारी साधन कारबाहीमा इरानी सम्पतीबाट सामुन्द्रिक क्षतिको भरपाइ गरिन्छः डोनाल्ड ट्रम्प भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु घर-घरमा तुलसीको बिरुवा रोपियो (तस्बिरहरु) फोटो पत्रकारका लागि ‘एआई स्किल्स’ कार्यशाला आजदेखि सुरु गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्द्रीय सर्भरमा समस्या



अ+ अ-

काठमाडौँ । केन्द्रीय सर्भरमा समस्या आएपछि स्वास्थ्य बीमा कार्यक्रम लागु भएका मुलुकभरका अस्पतालमा आइतबार बिहानैदेखि सेवा अवरुद्ध भएको छ । केन्द्रीय सर्भरमा समस्या आएपछि अस्पतालहरुले आफूले दिँदै आएको सेवा स्थगित गरेका छन् ।

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आज बिहानै सूचना टाँस गरी अस्पतालबाट दिइने सेवा स्थगित भएको जानकारी दिएको छ ।

स्वास्थ्य बीमा बोर्डले केन्द्रीय सर्भरमा समस्या आएपछि प्राविधिकहरुलाई काममा खटाइसकिएको र केही समयमा समस्या समाधान हुने बताएको छ । स्वास्थ्य बीमाको काम शनिबार बन्द हुने भएकाले अस्पतालहरुमा बिहानैदेखि सेवाग्राहीको भीड बढिरहेको छ ।

अस्पतालहरुले सर्भरमा समस्या आएको भन्दै बिमित बिरामीलाई फर्काइरहेका छन् । यसबाट सर्वसाधारण तथा बिरामी मर्कामा परेका छन् । पछिल्लो समय स्वास्थ्य बीमाको सेवा गुणस्तरीय नभएको भन्दै सर्वसाधारणले गुनासो गर्दै आएका छन् ।




भर्खरै