५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारको मुद्धा खेपेकी झा उपराष्ट्रपति उम्मेदवार



अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराउनु भएकी राष्ट्रिय जनमत पार्टी नेतृ ममता झाले भ्रष्टाचारको मुद्दा खेपेको पाइएको छ ।

उहाँलाई साझा प्रकाशनको महाप्रबन्धक रहँदा अनियमिता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बन गरेको थियो । अख्तियारको निर्देशन पछि झा लामो समय सम्म साझा प्रकाशनको सम्पर्कमा आउनु भएको थिएन ।

साझा प्रकाशनको तत्कालीन महाप्रबन्धक झाविरुद्ध अख्तियारले भ्रष्टाचार अभियोगमा ३ लाख ६६ हजार विगो र सजाय मागसहित विशेष अदालतमा २०७१ जेष्ठ ४ गते मुद्दा दायर गरेको थियो । झाले साझाको सम्पत्तिमा नोक्सान पुर्‍याएको दाबी गर्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।

कानुनी प्रावधानमा उपराष्ट्रपति पदमा उम्मेदवार हुने व्यक्तिको योग्यतामा उच्च नैतिक चरित्र भएको हुनुपर्ने व्यवस्था उल्लेख छ ।