३ भाद्र २०८३, बुधबार
,
Latest
बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग विदेशमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते एनसेललाई प्राधिकरणको स्पष्टीकरण : ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको ? प्रधानमन्त्री शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु मल वितरणमा लालपूर्जा माग्नु नकारात्मक विषय होइन : कृषिमन्त्री चौधरी सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत जंगली जनावरको आतंक नियन्त्रण गर्न सरकार गम्भीर बनोस्ः सांसद बोगटी लागुऔषध दुर्व्यसनी भयावह अवस्था रोक्न सांसद खनालले गराए सरकारको ध्यानाकर्षण बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिएनजीको पहिलो जित



अ+ अ-

काठमाडौं । आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृंखलाको आफ्नो दोस्रो खेलबाट पपुवान्युगिनी (पिएनजी) ले पहिलो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा शुक्रवार सम्पन्न खेलमा पिएनजीले संयुक्त अरब इमिरेट्स (युएई) लाई ५६ रनले पराजित गर्दै पहिलो जित निकालेको हो । ३३ खेल मध्येबाट १६ औं हार भोगेको युएईको लिग–२ मा रहेर सिधै विश्वकप छनोट हुने सम्भावना औपचारिक रुपमा सकिएको छ । अब युएईलाई विश्वकप छनोटका लागि छनोट प्लेअफ खेल्नुपर्नेछ । साथै युएईले एकदिवसीय मान्यता जोगाउन बाँकी रहेका सबै ३ खेल जित्नुपर्ने दबाब पनि भएको छ ।

पिएनजीले पूरै ५० ओभरमा नौ विकेट गुमाउँदै दिएको २ सय ४७ रनको लक्ष्य भेटाउने क्रममा युएईले ४२.२ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ९० रन जोड्नसक्यो । युएईका लागि आर्यान लाक्राले ५१ रनको अर्धशतकीय ईनिङ खेलेपनि जितका लागि पर्याप्त भएन । ओपनर तथा कप्तान मुहम्मद वासिमले ४१ रन बनाउँदा जावर फरिद र सीपी रिजवानले समान १९/१९ रन बनाए । यस्तै आसिफ खान र रोहन मुस्ताफाले समान ११/११ रन पारी खेलेका थिए । कसिलो बलिङ गरेको पिएनजीका लागि राईली हिकुरेले ३ तथा असद भाला र कबुवा मोरियाले समान २र२ विकेट लिए । सिमो कमिया र नर्मन भानुवाले समान १/१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पिएनजीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ४६ रनको योगफल तयार पारेको थियो । लिग तालिकाको पुछारमा रहेको पिएनजीका लागि सेसे बाउले १ सय ६ बलमा १० चौकका मद्दतमा अविजित ८१ रनको पारी खेलेका थिए । यसैगरी हिरी हिरीले ८५ बलमा ५ चौका र ४ छक्काको मद्दतमा ७७, किप्लिन डोरिगाले ४४ बलमा ८ चौका र २ छक्का मद्दतमा ५५ तथा चाड सोपार र नोर्मन भानुआले समान १० रन जोडेका थिए । २ सय ४६ रनको योगफल तयार पार्ने क्रममा दोस्रो विकेटका लागि सेसे बाउ र हिरीले १ सय १२ तथा पहिलो विकेटका लागि हिरी र डोरिगताले ७२ रनको साझेदारी गरेका थिए । युएईका लागि आयन अफ्जल खानले ३ विकेट हात पार्दा जुनैद सिद्धीकी र जाहुर खानले समान २/२ तथा रोहन मुस्ताफा र कार्तिक मैयप्पनले समान १/१ विकेट निकाले ।

यससँगै पिएनजीले युएईविरुद्ध जितको लयलाई शुक्रवार पनि निरन्तरता दिएको छ । हालै मात्र युएई भ्रमणमा पपुवा न्युगिनीले दुवै खेलमा युएईलाई हराएको थियो । युएईबिरुद्ध दुवै खेलमा पपुवान्युनिगी पूर्ण रुपमा हाबी भएको थियो भने नेपाल सँगका दुबै खेल गुमाउन पुगेको थियो । यस्तै नेपालमा जारी श्रृंखलामा भने पिएजनीले दोस्रो खेलबाट पहिलो जित निकालेको छ ।

यस अघिको पहिलो खेलमा नेपालसँग ५२ रनले पराजित भएको थियो । पिएनजी ३४ खेलमा ११ अंकका साथ सातौं स्थानमा छ । लिगमा आईतवार नेपाल र युएईबीच खेल हुनेछ ।