५ असार २०८२, बिहीबार
,
Latest
कोपिला भ्याली स्कूल विश्वका उत्कृष्ट १० मा छनोट कर प्रशासनलाई जनमैत्री बनाउन पहल गरिनेछः निर्देशक पौडेल नेदरल्यान्ड्सले नेपालसामु राख्यो १७५ रनको चुनौती गण्डकी प्रदेशस्तरीय क्रिकेटः नवलपुर फाइनलमा, उपाधिका लागि स्याङ्जासँग भिड्ने संस्कृति र सम्पदाको सदुपयोग गरे देश समृद्ध हुन्छ : मन्त्री पाण्डे ‘ओ एन्ड एम’मा अस्पताल व्यवस्थापक नसमेटेकोमा नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको आपत्ति श्रीलङ्का टापुका कृषकलाई अनुदानमा कृषि उपकरण नेपालले नेदरल्याण्ड्सविरुद्ध बलिङ गर्दै पहिरोले अरनिको राजमार्ग बन्द सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई, भुवन दुइ स्ट्रोकले पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिएनजीको पहिलो जित



अ+ अ-

काठमाडौं । आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृंखलाको आफ्नो दोस्रो खेलबाट पपुवान्युगिनी (पिएनजी) ले पहिलो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा शुक्रवार सम्पन्न खेलमा पिएनजीले संयुक्त अरब इमिरेट्स (युएई) लाई ५६ रनले पराजित गर्दै पहिलो जित निकालेको हो । ३३ खेल मध्येबाट १६ औं हार भोगेको युएईको लिग–२ मा रहेर सिधै विश्वकप छनोट हुने सम्भावना औपचारिक रुपमा सकिएको छ । अब युएईलाई विश्वकप छनोटका लागि छनोट प्लेअफ खेल्नुपर्नेछ । साथै युएईले एकदिवसीय मान्यता जोगाउन बाँकी रहेका सबै ३ खेल जित्नुपर्ने दबाब पनि भएको छ ।

पिएनजीले पूरै ५० ओभरमा नौ विकेट गुमाउँदै दिएको २ सय ४७ रनको लक्ष्य भेटाउने क्रममा युएईले ४२.२ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ९० रन जोड्नसक्यो । युएईका लागि आर्यान लाक्राले ५१ रनको अर्धशतकीय ईनिङ खेलेपनि जितका लागि पर्याप्त भएन । ओपनर तथा कप्तान मुहम्मद वासिमले ४१ रन बनाउँदा जावर फरिद र सीपी रिजवानले समान १९/१९ रन बनाए । यस्तै आसिफ खान र रोहन मुस्ताफाले समान ११/११ रन पारी खेलेका थिए । कसिलो बलिङ गरेको पिएनजीका लागि राईली हिकुरेले ३ तथा असद भाला र कबुवा मोरियाले समान २र२ विकेट लिए । सिमो कमिया र नर्मन भानुवाले समान १/१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पिएनजीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ४६ रनको योगफल तयार पारेको थियो । लिग तालिकाको पुछारमा रहेको पिएनजीका लागि सेसे बाउले १ सय ६ बलमा १० चौकका मद्दतमा अविजित ८१ रनको पारी खेलेका थिए । यसैगरी हिरी हिरीले ८५ बलमा ५ चौका र ४ छक्काको मद्दतमा ७७, किप्लिन डोरिगाले ४४ बलमा ८ चौका र २ छक्का मद्दतमा ५५ तथा चाड सोपार र नोर्मन भानुआले समान १० रन जोडेका थिए । २ सय ४६ रनको योगफल तयार पार्ने क्रममा दोस्रो विकेटका लागि सेसे बाउ र हिरीले १ सय १२ तथा पहिलो विकेटका लागि हिरी र डोरिगताले ७२ रनको साझेदारी गरेका थिए । युएईका लागि आयन अफ्जल खानले ३ विकेट हात पार्दा जुनैद सिद्धीकी र जाहुर खानले समान २/२ तथा रोहन मुस्ताफा र कार्तिक मैयप्पनले समान १/१ विकेट निकाले ।

यससँगै पिएनजीले युएईविरुद्ध जितको लयलाई शुक्रवार पनि निरन्तरता दिएको छ । हालै मात्र युएई भ्रमणमा पपुवा न्युगिनीले दुवै खेलमा युएईलाई हराएको थियो । युएईबिरुद्ध दुवै खेलमा पपुवान्युनिगी पूर्ण रुपमा हाबी भएको थियो भने नेपाल सँगका दुबै खेल गुमाउन पुगेको थियो । यस्तै नेपालमा जारी श्रृंखलामा भने पिएजनीले दोस्रो खेलबाट पहिलो जित निकालेको छ ।

यस अघिको पहिलो खेलमा नेपालसँग ५२ रनले पराजित भएको थियो । पिएनजी ३४ खेलमा ११ अंकका साथ सातौं स्थानमा छ । लिगमा आईतवार नेपाल र युएईबीच खेल हुनेछ ।