२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपराष्ट्रपतिमा महिला नै हुनुपर्छ भन्ने कुरा संविधान विपरीत: शक्ति बस्नेत



file
अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले उपराष्ट्रपतिमा महिला नै हुनुपर्छ भन्ने कुरा संविधान विपरीत रहेको बताएका छन् ।

सिंहदरबारमा बसेको गठबन्धन कार्यदलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले उपराष्ट्रपतिमा संविधानले लिंग वा समुदाय राष्ट्रपतिको भन्दा फरक हुनुपर्छ भनेको प्रष्ट पारे ।

निर्वाचन आयोगले उपराष्ट्रपतिमा महिला नै हुनुपर्छ भनेको छ । त्यसलाई गठबन्धनले कसरीले लिएको छ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले जारी भएको वक्तव्य संविधान र कानूनअनुसार भएको बताए । ‘अहिले जारी भएको वक्तव्य संविधान र कानूनअनुसार नै भएको देखिन्छ । त्यहाँ महिला वा अन्य समुदायको भनिएको छ । अहिले निर्वाचित हुनुभएको राष्ट्रपति खस आर्यको तर्फबाट र लिंगको हिसाबमा पुरुष हुनुहुन्छ । त्यो बाहेक महिला वा फरक समुदायको भनिएको छ । ,’ उनले भने, ‘वक्तव्यमा हेर्दा मैले समस्या देख्दिनँ । तपाईंहरुले भन्नुभएको कुरा हो भने त्यो संविधान र उसको भावना विपरीतको हुन्छ । मैले त्यो सुन्नमा आएको छैन। त्यो संविधानको खिलापमा हुन्छ ।’