५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युत् चुहावट नियन्त्रण गर्न प्राधिकरणको ‘सर्च अपरेसन’



अ+ अ-

सप्तरी । नेपाल विद्युत् प्राधिकरण राजविराज शाखाले गैरकानुनी ढङ्गबाट विद्युत् चोरी गर्ने माथि निगरानी बढाएको छ ।

विद्युत् चोरीका घटनामा वृद्धि भएको गुनासो आउन थालेपछि शाखाले प्रहरीको सहयोग लिएर अहिले विद्युत चुहावट नियन्त्रणको काम सुरु गरेको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विद्युत् प्राधिकरणको संयुक्त टोलीले आज सप्तरीको विभिन्न स्थानबाट विद्युत् चुहावट गर्ने सात जनालाई नियन्त्रणमा लिएको छ ।

डाक्नेश्वरी नगरपालिका–३ तरहीका लक्ष्मीकुमार राय, श्यामकुमार मुखिया, श्रीप्रसाद साह, सन्तोषकुमार मुखिया, विष्णुपुर गाउँपालिका–१ खुरु हुरियाका गणेशकुमार यादव, विष्णुशर्मा र शम्भुनाथ नगरपालिका–१२ सोनमाकायदुनन्द यादवलाई नियन्त्रणमा लिएको सप्तरी प्रहरीले जनाएको छ । यसअघि यही फागुन १९ गते अनाधिकृतरूपमा विद्युत् उपभोग गरिरहेका विष्णुपुर गाउँपालिका–२ सिम्राहाका सात जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही गरिएको थियो ।

शाखाले गरेको सर्च अप्रेसनमा कतिपयले घरमा मिटर राखे पनि बिजुलीको पोलमा हुकिङ गरी विद्युत् चोरी गरेको पाइएको छ । विद्युत्् चोरीका घटनामा वृद्धि भएपछि विद्युत् चुहावट नियन्त्रण गर्न घरमा छापा मार्न थालिएको हो । चेकजाँचका क्रममा विद्युत् चोरी गरी सञ्चालनमा ल्याइएका विद्युत् उपकरण र घरधनीलाई नियन्त्रणमा लिने गरिएको छ ।

विभिन्न स्थानमा विद्युत् चोरी हुने गरेकाले ट्रान्सफर्मर जल्ने र विद्युतीय दुर्घटना हुने गरेको विद्युत् प्राधिकरणले जनाएको छ । शाखाले गरेको सर्च अपरेसन र कारबाहीले विद्युतीय दुर्घटनाको जोखिममा रहेका र लोडसेडिङको समस्या भोग्नुपरेका स्थानीयवासी भने खुसी भएका छन् ।




भर्खरै