४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो

बचनका पक्का देउवा, अलमलिएका महामन्त्री

बचनका पक्का देउवा, अलमलिएका महामन्त्री
फाईल फोटो
अ+ अ-

काठमाडौँ । कांग्रेसको पछिल्लो महाधिवेशनमा रामचन्द्र पौडेलको गुट गायब भयो । यसअघि पार्टीभित्र देउवा समूह र पौडेल समूह भनी आएकामा अबदेखि कोइराला समूहको प्रवेश पायो । किनभने यसअघि सुशिल कोइरालाले नेतृत्व गरेको सो समूहमा पौडेल थिए ।

उनी अघिल्लो महाधिवेशनमा उठे पनि सभापतिमा तर शेरबहादुर देउवाले जिते । त्यसपछिको र यो पछिल्लो १४ औँ महाधिवेशनसम्म सो समूह पौडेल समूहकाे नामबाटै रह्यो । तर १४ औँको तयारीताका नै शेखर कोइरालाले सभापतिमा उठ्ने घोषणा गरेपछि भने अब पौडेल समूह कोइराला समूहमा परिणत भयो ।

सभापतिमा आफूलाई सहयोग गर्न देउवाले कोइरालासँग हात बढाए । पौडेलले विनाकुनै विवाद यसलाई स्वीकारे पनि । त्यतिबेला बजारमा चर्चा चल्यो कि देउवाले अबको राष्ट्रपतिमा पार्टीका तर्फबाट पौडेललाई अघि सार्ने आश्वासन दिएकाले पौडेलले सहयोग गरे । त्यसो त देउवालाई सघाउनेमा वीपीपुत्र सशांक पनि थिए । सभापतिमा विजयी हुन देउवाका साथ यी दुवै गतिला सारथि थिए ।

देउवा इतरको समूहबाट बेलाबेलामा सार्वजनिक भाषणमै आउने गर्दथ्यो कि देउवाले रामचन्द्रलाई आश्वासन मात्र दिएका हुन्, राष्ट्रपति बनाउँदैनन् । यसलाई देउवा इतरका सदस्यहरुले प्रचारमा नै ल्याएका थिए । उनीहरु देउवाले पौडेललाई राष्ट्रपतिको उम्मेदबार नबनाउने भएकाले बरु बेलैमा शेखरलाई सघाउनु भन्ने गरेका थिए । तर यस विषयमा न देउवाको र नत पौडेलकै सार्वजनिक अभिव्यक्ति आए । तर पौडेलले देउवालाई सघाए । उनले सार्वजनिक रुपमै देउवालाई मत मागे र यसपटकको सभापति देउवा बनाउँ नै भने ।

पछि निर्वाचन आए स्थानीय र आमनिर्वाचन । दुवैमा कांग्रेस माओवादी गठबन्धनसँग मिल्यो र दुवै निर्वाचनमा कांग्रेस पहिलो पार्टी पनि भयो । त्यसबेला पनि माओवादीसँग मिल्न नहुने दबाब देउवासँग थियो । तर उनले विश्वास तोडेनन् । बचनका पक्का देउवाले माओवादीलाई बचन दिइसकेकाले यसो गर्नु हुदैन भने । गठबन्धन उही बन्यो र पार्टी दुवै चुनावमा पहिलो पार्टी बन्यो । यतिबेला पनि कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माभने विरुद्धमा थिए । उनीहरु जसरी पहिला महाधिवेशनमा देउवाले पौडेललाई सभापति बनाउँदैनन् भन्ने गर्दथे ठिक त्यसैगरी चुनावको मुखमा पनि माओवादी बोक्नु हुदैन भन्ने प्रचारमा थिए ।उनीहरुका अभिव्यक्ति, ट्वीटर र फेसबुकका सार्वजनिक अपिल यसैमा हुने गर्दथे ।

कांग्रेस पहिलो पार्टी त भयो तर तेस्रो पार्टी बनेको माओवादीले सरकार भने एमालेतिर गएर बनायो । त्यसबेला पनि पुन: आलोचना सुरु भयो सभापति देउवाको । सिंगो पार्टी पंक्तिले नै यसको दोष देउवालाई दियो । तर रमाइलो कुरा त के थियो भने जोजसले प्रधानमन्त्रीमा कुनै पनि हालतमा माओवादीलाई छोड्न हुन्न भनेका थिए उनैले सार्वजनिक रुपमै देउवाका कारण कांग्रेस सबै गुमायो, पाँच वर्षलाई राज्य सत्ताको कुनै पनि स्थानमा पुग्न नसक्ने बनायो भने ।

महामन्त्री गगन थापाले त यस्तो विषयमा आफूलाई केही नभनिएको, बैठकमा पनि नबोलाइएकाले आफू पोखरामा रहेको भनेर अभिव्यक्ति दिए । उता विश्वप्रकाशले त दुई महामन्त्रीलाई यस्तो निर्णयको परामर्शमा राखेको भए पार्टीलाई यस्तो दुर्घटना पर्दैनथ्योसम्म भनेका थिए । कांग्रेसले प्रचण्ड ओलीको सरकारलाई विश्वासको मत दिने नीति लियो र दियो । त्यसमा पनि देउवाको विरोध भयो र सत्तामा किन यसरी टाँसिन खोजेको भन्ने आरोप आयो ।

तर अहिले यी सब जस अपजसहरुका बीचबाट सभापति देउवाले पार्टीको सम्पूर्ण साख फिर्ता ल्याएका छन् । अघिल्लो सरकारलाई विश्वासका मत दिएर राष्ट्रिय सहमतिको प्रयास थालेका थिए । राष्ट्रपतिमात्र कांग्रेसलाई दिँदा कुनै पनि दल सरकारबाट बाहिरिनु पर्दैन देशमा राष्ट्रिय सहमति हुन्छ भन्ने देउवाको भनाई थियो । तर पनि एमाले यसमा अटेन र सबै बाटो नै खाली गरिदियो । अब सत्तामा कांग्रेसका लागि गोरेटो होइन, ढड्डा बाटो नै बनेको छ । अघिल्लो सत्ता गठबन्धनलाई देउवाले दुई महिनाको हाराहारीमै टुटाइदिएका छन् र कांग्रेसका लागि राष्ट्रपतिमात्र नभएर कम्फर्टेबल बाटो तय गरिदिएका छन् ।

प्रसंग के हो भने देउवा बचनका पक्का छन् र महाधिवेशनका ताका आफूले पौडेललाई दिएको बचन पूरा गरेका छन् । हिजो राष्ट्रपति निर्वाचित भएपछि सबैभन्दा खुसी थिए भने देउवा र रामचन्द्र नै थिए । उनीहरुका बोडील्यांग्वेजबाट यस्तो देखिन्थ्यो । देउवाले राष्ट्रपतिमा पौडेललाई विजयी मात्र गराएनन् उनीमाथि लागेको पार्टीलाई राज्यसत्ताबाट वञ्चित गराएको भन्ने सबै साख पनि फिर्ता ल्याइदिएका छन् । त्यसैले त अहिले नै म सरकारमा जान्छु र म जान्न भनेर कांग्रेस नेताहरुले फेसबुकमा लेख्न पाएका छन् ।

देउवाले पार्टी सभापति भएपछि आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउने सार्वजनिक बाचा गरेका थिए, त्यो बनाए । त्यसपछिको उनका उनका गोप्य बाचा थिए– ओली प्रचण्ड गठबन्धन तोड्ने र पौडेललाई राष्ट्रपति बनाउने । उनी सरकारलाई आवश्यक नपरेको विश्वासको मतमार्फत् त्यो गठबन्धनमा छिरे र त्यसलाई भत्काएर सबै फिर्ता ल्याए । किनभने कांग्रेस बाम गठबन्धनबाट चुनाव जितेका प्रचण्ड ओलीतिर गएर सरकार बनाएपछि नै उनले आफ्नो लगानी जतिसक्दो चाँडै फिर्ता लिने योजना बनाएका थिए, त्यो दुई महिनाको सेरोफेरोमै सफल हुन पुगेको छ ।

तर यतिहुँदासम्म पनि कांग्रेसका महामन्त्रीद्वय भने कतै भेटिएका छैनन् । अघिल्ला परिघटनामा सभापतिका कारणले पार्टीको साख गिरेको भन्ने गरेका उनीहरुले यी पछिल्ला ‘उपलब्धि’हरुका सिनमा उनीहरु देखिँदैनन् । यतिखेर कांग्रेस पार्टी पंक्तिका कार्यकर्ताहरु उनीहरुको अलमल केमो हो भन्ने भेउ नै पाएका छैनन् ।

हिजो कांग्रेसको हातबाट खोसिएका यी ‘उपलब्धि’ हरुलाई फिर्ता ल्याउन सभापतिका सारथि बन्न उनीहरु सकेको देखिँदैन । उनीहरुको अलमल सामाजिक सञ्जालबाट बाहिर निस्कन सकेको देखिँदैन ।

तस्बिरः रत्न श्रेष्ठ/रासस