• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

च्याम्पियन्स लिगः मिलान क्वाटरफाइनलमा, टोटेनहम अन्तिम १६ बाटै बाहिरियो



एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत इटालियन फुटबल क्लब एसी मिलान क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको अन्तिम १६ को दोस्रो लेगमा इंग्लिस क्लब टोटेनहमसँग गोलरहित बराबरी खेलेपनि १–० को एग्रिगेटले मिलानले अन्तिम ८ को यात्रा तय गरेको हो । खेलको ७८ औं मिनेटमा क्रिस्टियन रोमेरोले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोटेनहम १० खेलाडीमा समेटिएको थियो ।

यसअघि भएको पहिलो लेगमा मिलानले आफ्नो घरेलु मैदानमा टोटेनहमलाई १–० गोलले पराजित गरेको थियो । यो नतिजासँगै टोटेनहमको च्याम्पिन्स लिगको यात्रा अन्तिम १६ मै पूर्णविराम लागेको छ ।