२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति निर्वाचनः बुथमा मतदातालाई मोबाइल निषेध



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

बानेश्वरस्थित संसद् भवनमा स्थापना भएको राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन कार्यालयले बिहीबार बिहान १० बजेदेखि ३ बजेसम्म मतदान गर्ने गरी सम्पूर्ण तयारी पूरा गरेको हो ।

दलहरूले क्रम भोट हुनसक्ने आशंका गरिरहेका बेला निर्वाचन आयोगले बुथमा मतदाताले मोबाइल फोन लगायत कानुनले निषेध गरेका उपकरणहरू बोकेर जान नपाउने जनाएको छ । यदि, कसैले लगेको फेला परेमा निर्वाचन कसुर लगाइने पनि आयोगले जनाएको छ ।

आयोगले मतदान सकिएपछि दिउँसो ४ बजेदेखि मतगणना सुरु गर्ने र साँझ ७ बजेसम्ममा मत परिणाम घोषणा गर्ने तयारी गरिएको जनाएको छ ।

राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले)का सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।