१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

महेश बस्नेतसँग बालेनको लन्च मिटिङ



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले नेकपा (एमाले) नेता महेश बस्नेतसँग भेटवार्ता गर्नुभएको छ । बालेनले नेता बस्नेतको घर भक्तपुर नेता बस्नेतसँग भेटवार्ता गर्नुभएको हो ।

भेटमा महानगर प्रमुख बालेनले विगतको असमझदारीलाई टुंग्याएर सहकार्य गरेर अगाडि बढ्न प्रस्ताव गरेको नेता बस्नेतले बताउनुभयो । “उहाँ मेरो घर भक्तपुरको गुण्डुमा आउनुभएको थियो। विगतको असमझदारी हटाएर सहकार्य गरेर जाऔँ भन्नुभयो”, उहाँले भन्नुभयो ।

नेता बस्नेतका अनुसार भक्तपुर पुगेर विकासे योजनाको अवलोकनपछि आफ्नै घरमा संगै खाना खाएर बालेन हिँड्नुभएको थियो ।

नेता बस्नेतले बालेनको प्रस्तावपछि आफूले सकारात्मक काममा सहयोग र सहकार्य गर्न तयार रहेको जवाफ दिएको बताउनुभयो । यसअघि नेता बस्नेत बालेनको चर्को आलोचकको रुपमा प्रस्तुत हुँदै आउनुभएको थियो ।