१५ भाद्र २०८३, सोमबार
,
Latest
विपद् व्यवस्थापनमा सरकार पूर्ण सक्रिय छ, राहत र उद्धारमा कुनै कमी हुँदैनः प्रवक्ता पोखरेल परराष्ट्रमन्त्री खनाल र कतारका राज्यमन्त्री अल-मिसनदबीच टेलिफोन वार्ता एनआरएनए र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता चीन रेडक्रसद्वारा नेपाललाई २ हजार शव राख्ने झोला सहयोग लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ गत वर्षसम्मको स्वास्थ्य बिमाको भुक्तानी सम्पन्न सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता पहिचान नभएका शवको वैज्ञानिक व्यवस्थापन भइरहेको छ, भविष्यमा आफन्तलाई हस्तान्तरण गर्न सकिन्छः सरकार बाढीपहिरो प्रभावितको उद्धार र राहतमा राज्यको सम्पूर्ण शक्ति परिचालन रसुवा बाढी अपडेटः हालसम्म ९३९ जनाको मृत्यु, करिव ४ हजार बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति विद्या भण्डारीको भूमिका गौरवपूर्ण– ओली



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्वार्थ प्रेरित व्यक्तिहरूले राष्ट्रपतिको मर्यादाको ख्याल नगरेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अखिल नेपाल महिला संघले बुधबार आयोजना गरेको कार्यक्रममा उहाँले प्रथम महिला राष्ट्रपतिका रुपमा विद्या भण्डारीको भूमिका गौरवपूर्ण रहेको बताउनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई दलीय स्वार्थ केन्द्रित निर्णय गरेको आरोप लाग्दै आइरहेको बेलामा अध्यक्ष ओलीले ७ वर्षसम्म राष्ट्रपतिको जिम्मेवारी भण्डारीले कुशलतापूर्वक निभाएको बताउनुभयो । उहाँले पहिलो कार्यकालको सफल र मर्यादित भूमिकालाई हेरेर राष्ट्रपतिमा भण्डारीलाई दोहोर्‍याएको उल्लेख गर्नुभयो ।

राजनीतिक स्वार्थ प्रेरितहरुले आफ्नो संकीर्ण स्वार्थमा ठेस लाग्दा वा पूरा नहुँदा राष्ट्रपतिको सम्मानित ओहदाको समेत मर्यादा नगरेर बकवास गरेका हुनसक्ने भन्दै उहाँले भन्नुभयो, “त्यसको खास अर्थ छैन ।”