१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह News Polar तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैनः सडक डिभिजन प्रमुख भण्डारी News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा

अतिकम विकसित राष्ट्रहरुको ‘कोअर्डिनेसन व्युरो’को जिम्मा नेपाललाई

अतिकम विकसित राष्ट्रहरुको ‘कोअर्डिनेसन व्युरो’को जिम्मा नेपाललाई
अ अ+ अ-

काठमाडौं । नेपालले अतिकम विकसित राष्ट्रको ‘कोअर्डिनेसन व्युरो’को जिम्मेवारी पाएको छ । दोहामा आयोजित अतिकम विकसित राष्ट्रहरुको पाँचौं अन्तर्राष्ट्रिय सम्मेलनले नेपाललाई उक्त जिम्मेवारी दिएको हो ।

संयुक्त राष्ट्रसंघमा एक महिनापछि हुने एक समारोहमा नेपाललाई उक्त जिम्मेवारी औपचारिकरुपमा हस्तान्तरण गरिनेछ ।

एलसीडीको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले सन् २०२६ सम्म विकासशील राष्ट्रमा प्रवेश गरिसक्ने प्रतिवद्धता जनाएको छ । सम्मेलनमा नेपालले विकासशील राष्ट्रमा प्रवेशलाई सहज र सुनिश्चित बनाउन सहयोग गर्नुपर्ने आवाज उठाएको छ ।

सम्मेलनमा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाली प्रतिनिधि मण्डलको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलगायतका विभिन्न देशका नेता एवं पदाधिकारीसँग द्विपक्षीय, बहुपक्षीय छलफल भएको छ ।

सम्मेलनमा अतिकम विकसित, अल्प विकसित र भूपरिवेष्ठित राष्ट्रहरूले कोभिड महामारीपछिको स्थिति कसरी सम्हाल्ने, जलवायु संकटले पैदा गरेका चुनौतीको सामना , वित्तीय चुनौतीको सामना र अन्तर्राष्ट्रिय व्यापारीक प्रबन्धलगायतका कुरामा छलफल भएको उपप्रधानमन्त्री श्रेष्ठले बताए।

सम्मेलनमा भाग लिएर उपप्रधानमन्त्री श्रेष्ठ मंगलबार राति स्वदेश फर्किएका छन् ।