५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षामा सौन्दर्य जोगाउन अपनाउनुहोस् यी ५ टिप्स



अ+ अ-

काठमाडौं । वर्षामा हाम्रो स्किन बारम्बार भिज्ने भएका कारण हामीले यसलाई जाेगाउन ध्यान दिन एकदम जरुरी छ । हामी मेकअप मात्र गरेर सुन्दर देखिने भन्दा पनि स्वस्थ बनाउने तर्फ केयर गरौँ । 

सरसफाईमा ध्यान दिने: वर्षाको मौसममा तपाईले हात, अनुहार र खुट्टाको सफाईमा विशेष ध्यान दिनुपर्छ । सम्भव भएसम्म दिनमा दुईपटक राम्रो फेसवासले अनुहार सफा गर्नुहोस् ।

टोनिङ गर्नु: वर्षाको मौसममा छालाको रोम छिद्र बन्द हुने संभावना रहन्छ । त्यही कारण अनुहारमा मुसा, घाउ खटिरा आदि आउन सक्छ । त्यसैले कुनै राम्रो एन्टि ब्याक्टेरियल टोनर प्रयोग गर्नुहोस् । टोनरको स्थानमा गुलाब जलको पनि प्रयोग गर्नुहोस् ।

मोश्चराइजेशन गर्नु: वर्षामा छालालाई पोषणको जरुरी हुन्छ । वर्षामा पटक–पटक पानीमा भिज्दा छाला खस्राे वा सुक्खा भइसकेको हुन्छ । यस्तोमा मोश्चराइजर लगाउनु लाभदायक हुन्छ । सम्भव भएसम्म आयल नभएकाे मोश्चराइजर लगाउनुहोस् ।

ड्राइ रहनु: वर्षामा हामी ओसिलो हुन्छौं । यस्तोमा संक्रमणाको खतरा हुन्छ । सम्भव भएसम्म आफ्नो छालालाई ओसिलो नबनाउनु होस् ।

घामबाट बच्नु: पानी परिसकेपछि जब घाम लाग्छ, त्यो धेरै चर्को हुन्छ । त्यसैले पानी परिकसेपछिको घामबाट बच्नुपर्छ । यसका लागि सन स्कीन क्रिम लगाउनुपर्छ । यसले घामको अल्ट्रा भाइलेट किरणबाट छालालाई  सुरक्षित राख्छ ।
(एजेन्सीको सहयोगमा)