९ भाद्र २०८३, मंगलवार
,
Latest
सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षामा सौन्दर्य जोगाउन अपनाउनुहोस् यी ५ टिप्स



अ+ अ-

काठमाडौं । वर्षामा हाम्रो स्किन बारम्बार भिज्ने भएका कारण हामीले यसलाई जाेगाउन ध्यान दिन एकदम जरुरी छ । हामी मेकअप मात्र गरेर सुन्दर देखिने भन्दा पनि स्वस्थ बनाउने तर्फ केयर गरौँ । 

सरसफाईमा ध्यान दिने: वर्षाको मौसममा तपाईले हात, अनुहार र खुट्टाको सफाईमा विशेष ध्यान दिनुपर्छ । सम्भव भएसम्म दिनमा दुईपटक राम्रो फेसवासले अनुहार सफा गर्नुहोस् ।

टोनिङ गर्नु: वर्षाको मौसममा छालाको रोम छिद्र बन्द हुने संभावना रहन्छ । त्यही कारण अनुहारमा मुसा, घाउ खटिरा आदि आउन सक्छ । त्यसैले कुनै राम्रो एन्टि ब्याक्टेरियल टोनर प्रयोग गर्नुहोस् । टोनरको स्थानमा गुलाब जलको पनि प्रयोग गर्नुहोस् ।

मोश्चराइजेशन गर्नु: वर्षामा छालालाई पोषणको जरुरी हुन्छ । वर्षामा पटक–पटक पानीमा भिज्दा छाला खस्राे वा सुक्खा भइसकेको हुन्छ । यस्तोमा मोश्चराइजर लगाउनु लाभदायक हुन्छ । सम्भव भएसम्म आयल नभएकाे मोश्चराइजर लगाउनुहोस् ।

ड्राइ रहनु: वर्षामा हामी ओसिलो हुन्छौं । यस्तोमा संक्रमणाको खतरा हुन्छ । सम्भव भएसम्म आफ्नो छालालाई ओसिलो नबनाउनु होस् ।

घामबाट बच्नु: पानी परिसकेपछि जब घाम लाग्छ, त्यो धेरै चर्को हुन्छ । त्यसैले पानी परिकसेपछिको घामबाट बच्नुपर्छ । यसका लागि सन स्कीन क्रिम लगाउनुपर्छ । यसले घामको अल्ट्रा भाइलेट किरणबाट छालालाई  सुरक्षित राख्छ ।
(एजेन्सीको सहयोगमा)