• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड ★   मानिसदेखि जनावरसम्म सबैका पाँचवटा औंला किन हुन्छन् ? ★   भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान ★   विश्वमा सबैभन्दा धेरै चिया कहाँ पिउँछन् ? ★   सगरमाथा दिवसः बङ्गलादेशमा तस्बिर प्रदर्शनी ★   ‘महिनावारीको समयमा पुरुषको साथ आवश्यक’ ★   टी–२० विश्वकप कहिले सुरु भयो ? ★   ‘चीनसँग बढी नजिक भयो भनेर भारतीय दबाबमा राजसंस्था हट्यो’ ★   च्याम्पियन्स लिगको फाइनल आज, उपाधिका लागि रियल मड्रिड र डर्टमण्ड भिड्दै ★   श्री केश तेलः कपाल उमार्ने भन्दै तेलको विज्ञापन गरेर कलाकार नै जान्छन् आफ्नो कपाल रोप्न…

नेपाली टोली आज स्वदेश फर्कदै



काठमाडौं । आईसीसी विश्वकप लिग–टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा सहभागी हुन यूएई गएको नेपाली टोली आज स्वदेश फर्कदैछ । लिग–टू को अन्तिम विदेशी सिरिज सकेर नेपाली टोली स्वदेश फर्कन लागेको हो ।

नेपाली टोली आज साँझ ६ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आईपुग्ने नेपाल क्रिकेट संघ(क्यान)ले बताएको छ ।

यूएई भ्रमणका क्रममा नेपालले चार खेलमध्ये तीन खेलमा जित हात पारेको थियो । नेपालले पीएनजी र घरेलु टोली यूएईसँग समान २/२ खेल खेलेको थियो । जसमा नेपालले पीएनजीसँग दुई र यूएईसँग एक खेल जितेको थियो ।

नेपालले अब बाँकी रहेको चार खेल घरेलु मैदान टियुमा खेल्नेछ । नेपाल शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न बाँकी सबै खेल जित्नुपर्ने हुन्छ । यस्तै, ओडिआई मान्यता कायम राख्न भने चार मध्ये दुई खेल जिते पुग्छ ।