४ भाद्र २०८३, बिहीबार
,
Latest
यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता भारत र जापानबिच रक्षा सम्बन्ध थप सुदृढ बनाउने सहमति जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ नाडाको ५० वर्षे यात्रा: ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९… दिगो वन व्यवस्थापन र डढेलो नियन्त्रणमा प्रविधिको प्रयोग बढाउने विषयमा छलफल दाङमा चार दिनमा ३७ भरुवा बन्दुक बरामद जापानिज इन्सेफ्लाइटिसः सप्तरी र कैलालीमा चार जनाको मृत्यु अख्तियारलाई राजनीतिक दलका नेता र प्रधानमन्त्रीले आफूअनुकूल चलाउन खोजेः सांसद सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः यी ५ फास्ट बलरबीच सर्वाधिक विकेट लिन प्रतिस्पर्धा हुनेछ



अ+ अ-

एजेन्सी । टी–२० विश्वकप २०२४ जुन २ बाट सुरु हुँदैछ । यो टी–२० विश्वकपको ९औँ संस्करण हो, जसमा २० टोली आमने सामने हुनेछन् ।

यहाँ ब्याट्सम्यानले मात्रै हैन, फास्ट बलरले पनि आफ्नो बलिङले प्रभाव पार्नेछन् । यस्तो अवस्थामा सबैको नजर ती पाँच फास्ट बलरमाथि हुनेछ जसको अगाडि ठूला ब्याट्सम्यान पनि झुक्न सक्छन् ।

अष्ट्रेलिया, भारत, पाकिस्तान, इंग्ल्याण्ड र न्युजिल्याण्ड टिममा यस्ता फास्ट बलर छन् जसको गति १४० किलोमिटर प्रतिघण्टाभन्दा माथि छ । जसमा मिचेल स्टार्क, जसप्रित बुमराह, शाहिन अफ्रिदी, जोफ्रा आर्चर र ट्रेन्ट बोल्ट रहेका छन् ।

मिचेल स्टार्कः मिचेल स्टार्क अस्ट्रेलियाका फास्ट बलर हुन् । स्टार्कले १६०.४ किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गर्न सक्छन् । मिचेल स्टार्कले टी–२० विश्वकपमा हालसम्म २० खेल खेलिसकेका छन् । यी २० खेलमा उनले ८.३५ को इकोनोमीमा ७९ ओभर बलिङ गर्दै २७ विकेट लिएका छन् ।

शाहीन अफ्रिदीः शाहीन अफ्रिदी पाकिस्तानका फास्ट बलर हुन् । शाहिन अफ्रिदीले १५४.४ किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गर्न सक्छन् । अफ्रिदीले टी–२० विश्वकपमा अहिलेसम्म १३ खेल खेलिसकेका छन् । यी १३ खेलमा उनले ४९.१ ओभर बलिङ गर्दै ६.५९ को इकोनोमीमा १८ विकेट लिएका छन् ।

जोफ्रा आर्चरः जोफ्रा आर्चर इंग्ल्याण्डका फास्ट बलर हुन् । आर्चरले १५३.६२ किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गर्न सक्छन् । जोफ्रा आर्चरले एउटा पनि टी–२० खेल खेलेका छैनन् । टी–२० विश्वकप उनको डेब्यू टी–२० विश्वकप हो । तर, जोफ्रा आर्चरले अहिलेसम्म १७ टी–२० खेल खेलिसकेका छन् । यी १७ खेलमा उनले ७.६४ को इकोनोमीमा २१ विकेट लिएका छन् ।

जसप्रित बुमराहः जसप्रित बुमराह भारतका फास्ट बलर हुन् । बुमराहले १५३.२६ किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गर्न सक्छन् । बुमराहले टी–२० विश्वकपमा अहिलेसम्म १० खेल खेलिसकेका छन् । यी १० खेलमा उनले ३८.४ ओभर बलिङ गर्दै ६.४१ को इकोनोमीमा ११ विकेट लिएका छन् ।

ट्रेन्ट बोल्टः ट्रेन्ट बोल्ट न्युजिल्यान्डका फास्ट बलर हुन् । बोल्टले १४३.३ किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गर्न सक्छन् । ट्रेन्ट बोल्टले टी–२० विश्वकपमा अहिलेसम्म १४ खेल खेलिसकेका छन् । यी १४ खेलमा उनले ५५.४ ओभर बलिङ गर्दै ६.५७ को इकोनोमीमा २५ विकेट लिएका छन् ।