• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo

सुनको मूल्य घट्यो



काठमाडौं । आज मङ्गलवार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ ।

आज बजारमा छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आइतबार उक्त सुन ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघले दिएको जानकारी अनुसार तेजाबी सुन प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार २ सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।