९ भाद्र २०८३, मंगलवार
,
Latest
गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट ठेक्कापट्टामा अड्किएका गण्डकीका विकास आयोजना : वर्षौँ बित्दा पनि अधुरै गाईजात्रा नजिकिएसँगै भक्तपुरमा ताहासाका लागि बाँसको व्यापार बढ्यो सुनचाँदीको मूल्य घट्यो राष्ट्रिय सभाको शुन्य समयः कुटनीतिक रिक्ततादेखि जनस्वास्थ्य र पूर्वाधारका समस्यासम्म सरकारको ध्यानाकर्षण नेपाल विशेष सेवा ऐन जगाउने विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको प्रकोप पुनः बढ्दै



अ+ अ-

काठमाडौं । नेपालमा विश्वभरि महामारीको रूप लिएको कोरोनाको प्रकोप पुनः बढ्दै जाँदा संघीय सरकारले यसको रोकथाम तथा नियन्त्रणका लागि सक्रियता नदेखाएको पाइएको छ । कोरोना नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई अधिकार प्रदान गरेर रोकथाम तथा नियन्त्रणको प्रयास जारी राखेको सरकारले माथिल्लो निकायबाट आवश्यक योजना तथा रणनीति तय गरेर त्यसको कार्यान्वयन गर्ने काम न्यून मात्रामा गरेको छ ।

केन्द्र सरकारअन्तर्गत यसअघि उच्चस्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०मार्फत आवश्यक योजना तथा रणनीति तय गरेर कोरोना नियन्त्रणको काम हुँदै आएकोमा अहिले सीसीएमसी नै नेतृत्वविहीन अवस्थामा पुगेको छ । सीसीएमसी नेतृत्वविहीन बनेपछि पछिल्लो समय बैठक बस्न सकेको छैन भने नेतृत्व चयन गर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि चासो देखाएका छैनन् ।

सरकारले कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ जारी गरेपछि सीसीएमसीको भूमिका कमजोर बन्दै गएको अवस्थामा पुनः उपप्रधान तथा सीसीएमसी संयोजक पोखरेललाई हटाइएपछि सीसीएमसी नेतृत्वविहीन अवस्थामा पुगेको हो । यो समाचार आजको राजधानी दैनिकमा छ ।