• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

‘केजीएफ’सँग तुलना गरिँदै ‘कब्जा’लाई



एजेन्सी । गत वर्ष कन्नड फिल्म ‘केजीएफ’ र ‘कान्तारा’ले उत्तर भारतमा झण्डा फहराएका थिए । नयाँ वर्षमा साउथबाट चलचित्र ‘कब्जा’ रिलिज हुँदैछ ।

निर्माता आनन्द पण्डितले पनि यसमा ठूलो बाजी लगाएका छन् । उनी यस फिल्मका सह–निर्माता हुन् । यो ठूलो बजेटको फिल्म भएको बताइएको छ ।

यसमा किच्चा सुदीप र अभिनेता उपेन्द्र राव मुख्य भूमिकामा छन् । फिल्मको कथा स्वतन्त्रताको समयको हो ।

दैनिक भास्करसँगको कुराकानीमा आनन्द पण्डितले भने– ‘स्वतन्त्रता हुनुअघिको भारत र त्यसपछिको भारतको तरिका फरक छ । त्यसैगरी, कोभिड–१९ अघिको सिनेमा र अहिलेको सिनेमामा फरक हुने भएको छ । त्यो किनभने कोविडका कारण ओटीटी बलियो भएको छ । मानिसको फिल्म हेर्ने बानी फेरिएको छ ।’

कब्जा यस्तै एउटा चलचित्र हो । हामी यसलाई १२०० स्क्रिनमा रिलीज गर्नेछौं । यो मूलतः कन्नडमा छायांकन गरिएको फिल्म हो । यसलाई अन्य भाषाहरूमा डब गरिएको छ । कब्जाको प्रत्यक्ष तुलना केजीएफ २ सँग गर्नुपर्छ भन्ने पनि आनन्द पण्डित स्वीकार्छन् ।