• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   आयल निगमको नयाँ भण्डारणगृह निर्माण हुँदै ★   कांग्रेसद्वारा ओली र देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमति अनुमोदन ★   स्वस्थकर खाना खायौँ भने औषधि जरुरत नै पर्दैन ★   सिंहदरबारमा कृषि प्राविधिकहरुको धर्ना ★   कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु ★   भुक्तानी रोकिँदा नारायणी तटबन्धमा समस्या ★   रास्वपा महामन्त्री ढकाल मुखमा कालो टेप लगाएर बैठकमा सहभागी ★   प्रधानमन्त्रीले आज राजीनामा नदिए एमालेले के गर्छ ? ★   एमालेसँगको सहमति अनुमोदन गर्न आज कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै ★   ढलभित्र छिर्दा मोटरसाइकल बेपत्ता, चालकको उद्धार

रामग्राम नगरपालिकामा फोहोरको व्यवस्थापन भएन, दूर्गन्धले स्थानीय मारमा



रामग्राम । नवलपरासीको सबै भन्दा पुरानो नगरपालिकाको रुपमा रहेको रामग्राम नगरपालिकामा फोहोरको उचित व्यवस्थापन हुन नसक्दा दूर्गन्ध फैलिएको छ ।

फोहोर व्यवस्थापनका लागि डम्पिङ साईटको उचित व्यवस्था हालसम्म पनि नहुँदा त्यहाँका स्थानीय फोहोरको मारमा परेका हुन । फोहोर सहुवाटिकर नदी किनारामा फालिने र त्यसले स्थानीय र नदीलाई समेत दूर्गन्धित बनाउँदा आफूहरु मारमा परेको स्थानीयको गुनासो छ । खेतीयोग्य जमिनमा सिँधै फोहोर फालिदा स्थानीय किसानहरु समेत मारमा परेका छन ।

फोहोर व्यवस्थापनका लागि हालसम्म पनि यस नगरपालिकामा डम्पिङ साईट बनेको छैन । दिनहुँ निस्कने फोहोर रामग्राम नगरपालिकाको वडा नम्बर १ को सहुवाटिकरस्थित नदीको किनारमा निजी जग्गामा पनि फैलिदै गएको छ । नगरपालिकाले फोहोर व्यवस्थापनको उचित विकल्प नखोज्दा फोहोर सिधै नदीमा खस्दा त्यसमा पनि प्रदुषण बढेको छ ।

दैनिक निस्किने फोहोरले दुर्गन्ध बढेको मात्र होइन् निजी जग्गामा अस्पतालजन्य हानिकारक फोहर स्वास्थ्य उपचारका क्रममा प्रयोग गरिएका सिरिञ्जसहितका अस्पतालजन्य फोहर , मारेका चौपाय गाई, गोरु, कुकुर , बिरालो साथै सबै किसिमका फोहोरजन्य पदार्थ व्यवस्थापन नहुदा स्वास्थ्यका लागि हानिकारक हुने भएको छ । नगरपालिकाले मन लाग्दी फोहोर फालिरहेको छ । जसका कारण वातावरणमा समेत नकारात्मक प्रभाव परिरहेको सरोकारवालाले बताउँदै आएका छन । तर नगरको फोहोर व्यवस्थापन गर्न नसक्नुमा स्थानीय जनप्रतिनिधिहरु नै दोषी रहेको स्थानीयको आरोप छ ।

अधिकांश स्थानीय तहले अहिले फोहरमैला व्यवस्थापन ऐनको कार्यान्वयन गर्न सकेका छैनन् । जसका कारण खोला, बाटो, झाडी, जंगलजस्ता ठाउँमा फोहोर देखिन्छन । फोहर व्यवस्थापन गर्नु नसक्नुमा प्रमुख दोष नगरलाई जान्छ । नगरको फोहर व्यवस्थापन गर्ने प्रमुख दायित्व नगरको हो तर स्थानीय सरकारले दीर्घकालीन सोचका साथ काम नगरेको स्वयम् जनप्रतिनिधीकै आरोप छ । रामग्राम नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष रुद्रप्रसाद उपाध्यायले नगरपालिकाले बजेटको उचित व्यवस्था नगरेकाले फोहोरको व्यवस्थापन गर्न नसकिने स्विकार गर्नु भयो ।

आफ्नो नगर कस्तो बनाउने हो ? त्यो भिजन रामग्रामले बनाउन सकेको छैन । यसमा दोषी नगरप्रमुख मात्र होइन् सबै जनप्रतिनिधिहरुको दोष छ । हिजो नहुँदा हामी गर्छौ भन्नेहरु आज त्यही ठाउँमा पुगेका छन । तर किन उनीहरुले नै गर्न सकेनन ? स्थानीयले प्रश्न उठाएका छन । डम्पिङ साइटको तत्काल व्यवस्थापन गरेर फोहोरको व्यवस्थापन गर्नुपर्दछ । फोहरकै कारण विभिन्न खाले रोगको जोखिम हुन्छ, त्यसको व्यवस्थापनमा नगरपालिकाले बेलैमा ध्यान दिन जरुरी छ ।