२६ चैत्र २०८१, मंगलवार
April 8, 2025 Tuesday

26.27°C

काठमाडौं

26.27°C

Kathmandu

Feels-like: 26.27

Wind: 3.09

Humidity: 47

तपाईं के खोज्दै हुनुहुन्छ ?

नाउपाले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने



अ+ अ-

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

नाउपाको बैठकले विश्वासको मत दिने निर्णय गरेको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता रामेश्वर चौधरीले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री शाहले प्रदेशसभाको केहीबेरमा बस्ने बैठकमा विश्वासको मत माग्दै हुनुहुन्छ ।

मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने निर्णय नेकपा (माओवादी केन्द्र) प्रदेशसभा संसदीदय दलले गरिसकेको छ ।