२७ भाद्र २०८३, शनिबार
,
Latest
प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोट खेल्न नेपालले बाँकी सबै खेल जित्नुपर्ने, तीन खेल जिते ओडिआई मान्यता जोगिने



अ+ अ-

काठमाडौँ । नेपालको आइसिसी विश्वकप छनोट खेल्ने सम्भावना अझै कायमै रहेको छ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा शीर्ष तीनमा स्थान बनायो भने नेपालले सिधै छनोट खेल्न पाउछ । त्यसको लागि नेपालले बाँकी सबै खेल जित्नुपर्ने हुन्छ । नेपालले अब युएईसँग तीन र पपुवा न्युगिनीसँग दुई खेल खेल्न बाँकी छ ।

आइसिसी विश्वकप लिग–२ का शीर्ष तीन टोलीले आगमी जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछन् । यसअघि नै स्कटल्यान्ड ३६ खेलमा २४ जित र १० हारसहित ५० अंकका साथ च्याम्पियन बन्दै विश्वकप छनोटमा पुगिसकेको छ । यस्तै, ओमान पनि ३६ खेलमा २१ मा जित र १३ हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा रहँदै छनोटमा पुगिसकेको छ ।

अव नेपाल, नामिबिया र युएई मध्येका एक टोलीले शीर्ष तीनमा रहँदै विश्वकप छनोट खेल्न पाउनेछन् । नामिबियाले ३६ खेलमा १९ जित र १६ हारसहित ३९ अंक पाएको छ । नेपालले नामिबियालाई पछि पार्न बाँकी सबै खेल जित्नुपर्ने हुन्छ । बाँकी खेल जितेमा नेपाल ४० अंकका साथ सोझै विश्वकप छनोटमा पुग्छ । नेपालले एक खेल हार्दा र बाँकी सबै खेल जित्दा ३८ अंक हुनेछ ।

यता, युएईलाई शीर्ष तीनमा पर्न ६ मध्य ५ खेल जित्नुपर्ने हुन्छ । युएई नेपालसँग तीनै खेल हार्दा पनि शीर्ष पाँचको सम्भावना रहन्छ । युएईले नेपाल र पपुवा न्युगिनीसँग समान तीन तीन खेल खेल्न बाँकी छ ।

नेपालले आइसिसी विश्वकप लिग–२ मा ओडिआई मान्यता सोझै जोगाउन बाँकी पाँच खेलमा तीन खेल जित्नैपर्ने हुन्छ । नेपाल ३१ खेलमा १४जित र १५ हारसहित ३० अंकका छैटौं स्थानमा छ । अमेरिका ३६ खेलमा १६ जित र १७ हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । नेपालले अमेरिकालाई पछि पार्दै शीर्ष पाँचमा पर्न तीन खेल जित्नुपर्ने हुन्छ ।

ओडिआई मान्यता सोझै जोगाउन नेपालले युएईलाई तीन मध्य एक खेल जिते पुग्छ । युएईलाई एक र पपुवा न्युगिनीलाई दुवै खेलमा हराउँदा नेपालको ३६ अंक हुनेछ । लिग २ मा शीर्ष पाँच र क्वालिफायर प्लेअफमा शीर्ष चारमा पर्न नसके चार वर्षको लागि ओडिआई मान्यता गुम्नेछ ।

नेपालले भोलि सोमबार युएईसँग खेल्दैछ । त्यसपछि, बाकि रहेको चार त्रिकोणात्मक ओडिआई सिरिज भने टियु मैदानमा खेल्नेछ ।