१५ भाद्र २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपको १० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण भोटेकोशी बेसिनका माछा सेवन नगर्न आग्रह ताप्लेजुङ गोल्डकपः झापा-११ सेमिफाइनलमा प्रवेश समानान्तर ग्रुपद्वारा बाढीपीडितका लागि ६३ लाख ३७ हजार सहयोग चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न अपिल भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु पहिरोमा ज्यान गुमाएकाहरूको शान्तिको कामना गर्दै स्वयम्भूमा परित्राण पाठ तथा दीप प्रज्ज्वलन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको एक करोड एक लाख सहयोग नुवाकोटबाट त्रिशूलीसम्मको सडक सञ्चालनमा राहत कोषको नाममा नक्कली खाता र क्यूआर बनाएर ठगी, सतर्कता अपनाउन राष्ट्र बैंकको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय र अन्तर्राष्ट्रिय घेराबन्दीविरुद्ध लडिरहेको छु– प्रधानमन्त्री प्रचण्ड



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय घेराबन्दीविरुद्ध लडिरहेको बताउनुभएको छ ।

शहीद तथा वेपत्ता योद्धा सन्तती फाउण्डेसनले आइतबार राजधानीमा गरेको कार्यक्रममा उहाँले त्यस्तो घेराबन्दीविरुद्ध लड्न पूर्वमाओवादी एक ठाउँमा आउनुपर्ने बताउनुभयो ।

“राष्ट्रियरअन्तर्राष्ट्रिय दबाव र घेराबन्दीविरुद्ध लडिरहेको छु । अरु पनि लडिरहनु भएको छ । हामी एक ठाउँमा केन्द्रित भयौँ भने अजय हुन्छौँ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “तैँले मैले नभनी फेरि एक ठाउँमा केन्द्रित हुने समय आयो भन्ने महसुस गर्ने हो भने एकतालाई कसैले रोक्न सक्तैन ।”

कार्यक्रममा उहाँले नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत अरू नेताहरूमाझ प्रचण्डले फेरि एकताबद्ध हुन अपिल गर्नुभयो ।

माओवादी शक्तिहरू एकताबद्ध हुँदा त्यसको प्रभाव जबर्जस्त प्रभाव हुने बुझेर नै प्रतिक्रियावादीहरुले विभिन्न भ्रम छरेर घेरा हाल्ने षड्यन्त्र गरिरहेको उहाँको भनाइ थियो ।

“एकचोटी माओवादीहरू एकै ठाउँमा जम्मा भएर लाखौँ जनता सडकमा उतार्ने हो भने प्रतिक्रियावादी शक्तिहरू धेरै कमजोर छन्। माओवादीले फेरि एक पटक विजयको नयाँ यात्रा सुरु गर्न सक्छ”, उहाँले भन्नुभयो ।

यद्यपि उहाँले आफू प्रधानमन्त्री पनि भएकाले धेरै चर्को बोल्दा बिग्रिने अवस्था हुने बताउनुभयो ।