काठमाडौं । आज बिहान काभ्रेमा भूकम्प गएको छ ।
काभ्रे केन्द्रविन्दु भएर आज बिहान ८:३० मा ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।
काभ्रेमा भूकम्प गएको पाचँ मिनेटपछि अछाममा पनि भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको अनुसार बिहान ८:३५ मा अछाम केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।