२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङको नौबिसेबाट उद्धार गरिएको हुचिल वनमा छोडियो



अ+ अ-

मलेखु । धादिङको नौबिसेबाट उद्धार गरिएको संरक्षित पंक्षी हुचिल नीलकण्ठ नगरपालिका–८ स्थित सामुदायिक वन क्षेत्रमा छोडिएका छन् ।

डिभिजन वन कार्यालयले जनप्रतिनिधि, नेपाल प्रहरी र स्थानीयको रोहवरमा शनिबार ती पंक्षी वनमा छोडिदिएको हो ।

अवैध ढङ्गले बिक्री गर्न लागेको सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय खानीखोलाको प्रहरी टोलीले यही फागुन १६ गते नौबिसे क्षेत्रबाट हुचिलको उद्धार गरेको थियो ।

हुचिल बोकेर हिँड्ने मकवानपुरको थाहा नगरपालिका–१२ का रमेश स्याङ्तान र धादिङको थाक्रे गाउँपालिका वडा नं ५ का विनोद लामालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लाटोकोसेरा प्रजातिको संरक्षित पंक्षी हुचिलको प्राकृतिक वासस्थान नै जङ्गल हो । हुचिल जादुगर चरोको उपनामले परिचित छ । करिब ६० वर्ष आयु हुने हुचिल तीन केजीभन्दा माथि भयो भने खुट्टाका नङ्गाले सिसा काट्न सक्ने र पाँच केजी तौल नाघेपछि यसलाई छुँदा करेन्ट लाग्ने सोधकर्ताहरु बताउँछन् ।

तर यसको सङ्ख्या वर्षेनी घट्ने क्रममा रहेको जनाइको छ । हुचिलको अवैध बिक्री वितरण रोकी संरक्षण गर्नुपर्ने आवाज उठिरहेका बेला तस्करको हातबाट उद्धार गरिएको हुचिल जङ्गलमा छोडिनुने यसको संरक्षणमा सकारात्मक सन्देश पुग्ने नीलकण्ठ–८ का वडाध्यक्ष प्रकाशकुमार श्रेष्ठले बताउनुभयो । हुचिल नेपाल, भारतलगायत दक्षिण अफ्रिका र एसियाका केही देशमा मात्र पाइन्छ ।