६ श्रावण २०८३, बुधबार
,
Latest
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवराज सफलको नेतृत्वमा समाजवादी मोर्चा घोषणा



अ+ अ-

काठमाडौं, २० फागुन । युवराज पौडेल ‘सफल’ को नेतृत्वमा नेपाल समाजवादी मोर्चा घोषणा भएको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी समाजवादी मोर्चा घोषणा गरिएको हो । मोर्चाको संयोजकका युवराज सफल आफैं रहेका छन् ।

मोर्चले नौं सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ । सुशीलनाथ योगी, कृष्ण खड्का, शोभा पाठक, रामराजा श्रेष्ठ, बासु पौडेल, अर्जुन अधिकारी, एलिजा तामाङ, गणेश ढकाल मोर्चाको सचिवालय सदस्य रहेका छन् ।

मोर्चाले तत्काल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर ज्ञापनपत्र बुझाउने संयोजक सफलले जानकारी दिए । साथै, समाजमा विश्वास राख्ने समाजवादी शक्तिलाईसमेत मोर्चामा समावेश गरिने उनको भनाई छ ।

‘समाजवादमा विश्वास राख्ने आम समाजवादी शक्तिहरुलाई समेत नेपाल समाजवादी मोर्चामा ल्याउन विभिन्न अन्तरक्रिया, गोष्ठी र बैठकलगायतका कार्यक्रमको आयोजना गरिने छ । मोर्चामा सबैलाई समावेश गरिने छ,’–मोर्चाद्धारा सार्वजनिक विज्ञप्तिमा भनिएको छ ।

साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकहरुले आफूलाई साईबर आक्रमण र भौतिक आक्रमणको प्रयास गरेको उनको आरोप छ । सर्वोच्चले अनागरिकलाई नागरिक बनाउँदा पनि आफूलाई हत्या गर्नका लागि भारतबाट सुटरसमेत ल्याएको उनको आरोप छ ।

‘सर्वोच्च अदालतले अनागरिक करार गरेको व्यक्ति रवि लामिछानेको फैसला गर्यो । त्यहाँदेखि रवि लामिछानेका समर्थकहरुबाट ममाथि साइबर आक्रमण भयो । भौतिक रूपमा पनि आक्रमण गर्छु भने । हामीले रवि लामिछाने उम्मेदवार बन्न अयोग्य छन् । उहाँले बोकेका पासपोर्ट दुरूपयोग भएको छ । गलत पासपोर्ट बोकेका छन् भन्ने विषय राखेर सर्वोच्च अदातमा रिट दर्ता गर्यौं । त्योभन्दा अगाडिदेखि नै मलाई हत्या गर्न भारतबाट सुटर ल्याउने, कलंकीको बाबा गेस्टहाउसमा ल्याएर राख्ने काम गर्ने, सामाजिक सञ्जालमा मर्यो भनेर हल्ला फैलाउनेजस्ता काम रवि लामिछानेको समर्थकले गरे,’–उनले भने ।

अब लामिछानेका समर्थकले गरेको गालीमा आफू टुलुटुलु हेरेर नबस्ने उनको चेतावनी छ । अहिले रवि लामिछानेलाई सरकारमा लाने कुरा मिडियामा आएको र त्यसमा मोर्चाको घोर आपत्ति रहेको उनको टिप्पणी छ । साथै, उनले रविलाई सरकारमा लगेको खण्डमा मोर्चाले जस्तोसुकै घट्ना पनि घटाउनसक्ने चेतावनी दिए ।

‘समाजवादी मोर्चाको तर्फबाट युवराज सफल चुनौति दिन चाहन्छ । जस्तोसुकै घट्ना पनि हामी घटाउन सक्छौं । रविलाई प्रचण्ड, देउवा, ओलीले बचाउनुहोला । तर, तिनीहरु तीन जनालाई कसले बचाउँछ ? तिनीहरु तीन जनालाई कसैले पनि बचाउनेवाला छैन । फौजदारी कसुर झेलिरहेका व्यक्तिलाई कुनैपनि हालतमा सरकारमा लैजानुहुँदैन,’–सफलले भने ।

आफूमाथि करोडौंको गाडी चढ्ने र करोडौं पैसा खाएर रविको विरुद्ध लागेको भन्ने आरोप लागेकाले वास्तविक कुरा जनतामाझ लिएर जानुपर्छ भनेर समाजवादी मोर्चाको घोषणा गरेको उनको स्पष्टोक्ति थियो ।

समाजवादी मोर्चाको आन्दोलन कुनै व्यक्तिको विरुद्ध नभएर प्रवृत्तिको विरुद्ध भएको उनको दाबी छ । साथै, दुर्गा प्रसाईँले सुरु गरेको अभियानको उनले विरोध गरेका छन् । लाखौं भत्ता र नाफा खाने सञ्चालकबाट प्रसाईँले पैसा खाएर कर्मचारीलाई कालोमासो दलेको उनको आरोप छ । यद्धपी बैंक आफैंमा सही बाटोमा नभएको उनको दाबी छ । बैंक जनताको लागि हुनुपर्ने उनको धारणा छ । त्यस्ता बैंक तथा वित्तीय संस्थाका लागि आफूहरुले कानुनी लडाई लड्ने उनले घोषणा गरेको छन् । केही नलागेमा आफूहरु त्यस्ता बैंक तथा वित्तीय संस्थाको विरुद्धमा भौतिक आक्रमण गर्ने उनले घोषण गरेका छन् ।

साथै, राष्ट्रपति निर्वाचनको भोटको आशमा रवि लामिछानेलाई सरकारमा ल्याउने काम भएमा मोर्चालाई त्यो सह्य नहुने उनले बताए ।
मोर्चाका सचिवालय सदस्य कृष्ण खड्काले आफूहरुले गर्नुपर्ने काम धेरै रहेको बताए । आजसम्म भएका आन्दोलनभन्दा समाजवादी मोर्चाको लडाइ फरक खालको रहेको उनको दाबी छ ।

‘आजसम्म भएका आन्दोलनभन्दा हाम्रो लडाईं फरक खालको छ । हामीले भनेका छौं हामी अब विधिको शासन र कानुनी राज्यको वकालत गर्नका लागि हाम्रो लडाई हो । यो समाजवादी मोर्चा त्यतातिर केन्द्रीत भएको छ । हामी कुनैपनि आन्दोलनमा सडक जाम गर्नेवाला छैनौं । हामी अख्तियार र पुलिस प्रशासनसँग मिलेर अनुसन्धानमा केन्द्रीत भएर काम गर्नेछौं,’–उनले भने ।

कार्यक्रमका अर्का वक्ता लक्ष्मण चौलागाईँले आज मुलुकको समस्या रवि लामिछानेमात्रै नभएको प्रष्ट्याएका छन् । अहिलेको व्यवस्था प्राप्तिका लागि आफूहरु अंगभंग र घाइते भएको, र त्याग तपस्या गरेको स्मरण गर्दै उनले रविले मुलुकमा व्यवस्था बदलिएपछि अवस्थालाई चुनौति दिन साइबर स्ट्रन्ट र विद्युतीय अपराध गरेको उनको आरोप छ ।

‘रवि लामिछानेको विद्युतीय आतंकलाई म घोर भत्र्सना गर्दछु । हामीले यो लोकतन्त्र प्राप्तिको निम्ति धेरैले घरबास गुमाएका छौं । धेरै अंगभंग छौं । धेरै घाइते छौं र हाम्रा बस्तीहरु सहिदको बस्तीका रुपमा रुपान्तरण भएका छन् । तर हिजो सहिदको बस्ती निर्माण हुने बेलामा रबि लामिछाने क्रान्तिको लागि सहभागी थिएनन् । मुलुकमा व्यवस्था बदलिइसकेपछि अवस्थालाई चुनौति दिन साइबर स्टन्ट गर्दै, विद्युतीय अपराध गर्दैगर्दा युवराज सफलको उदय भएको हो,’– उनले भने ।

रविले राष्ट्रवादमा हिलो छ्यापेको उनको आरोप छ । आफू जनयुद्धकालदेखि आजसम्म सञ्चार कर्ममा रहेको दाबी गर्दै उनले अहिले सञ्चारकर्मीहरुले रविको पक्षमा समाचार लेखेर युवराज सफललाई गलत सावित गराउन खोजेको पनि आरोप लगाए ।

 




भर्खरै