८ असार २०८३, सोमबार
,
Latest
तीन मन्त्रीद्वारा माडी जाने सडक निरीक्षण रास्वपाको बन्दसत्र सर्‍यो लागुऔषधसहित १० जना पक्राउ ई–पासपोर्ट घोटाला प्रकरणः राहदानी विभागका महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर-१० अर्ब १३ करोड बिगो… अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु राज्यका कुनै पनि निकायका निर्णयहरू पूर्वाग्रह र प्रतिशोध प्रेरित हुनुहुँदैन: प्रदीप ज्ञावली आधिकारिक छाप र लेटरप्याडको दुरुपयोगप्रति राप्रपाको ध्यानाकर्षण गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्रीनसिटी हस्पिटलले गर्‍यो तिस किलो भन्दा बढी तौल भएको ट्युमरको सफल अप्रेशन



अ+ अ-

काठमाडौँ । ग्रीनसिटी हस्पिटलले तिस किलो भन्दा बढी तौल भएको ट्युमरको सफल अप्रेशन गरेको छ ।

अस्पताले माघ ५ गते ताप्लेजुङ स्थायी घर भइएकी हाल भत्तपुरमा बस्ने ४९ वर्षीया रिता शेर्पाको तिस किलो भन्दा बढी तौल भएको ट्युमरको सफल अप्रेशन गरेको हो ।

अस्पातलले आर्थिक रुपमा कमजोर रहेकी शेर्पालाई नि:शुल्क अप्रेशन गरी नयाँ जीवन दिएको छ । अस्पताले टयुमरको अप्रेशनको लागि पाँच लाख बढी खर्च गरेको र बाहिर अप्रेशन गर्नपरे आठ लाख बढी खर्च लाग्ने बताएको छ । अस्पतालले शेर्पा जस्ता जटिल प्रकृतिका रोगको अप्रेशनहरु नि:शुल्क रुपमा गर्दै आएको छ । अप्रेशन अघि शेर्पाको पेटमा तीस केजीको भारीले हिँड्न नमिल्ने,खाना बस्न समेत अफ्ठ्यारो रहेकोमा अहिले सफल अप्रेशनपछि सामान्य अवस्थामा आएको जनाएको छ ।

शेर्पाको अप्रेशन गर्ने अस्पतालकी डा.रुपा झाले बिरामीको तत्काल अप्रेशन गर्दा स्वास्थ्यमा अन्य धेरै जटिल समस्या आउन सक्ने सम्भावनालाई ख्याल गरी अन्य विभिन्न चेकजाँच गरी अप्रेशन सफलतापूर्वक गर्न सफल भएको बताउनु भयो । उहाँले अप्रेशन गर्न साधारण अवस्था नभए पनि सफलताका साथ गर्न सफल भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

 

अस्पतालले जटिल प्रकृतिका रोगको नि:शुल्क उपचार गर्नको लागि लाखौं रुपैयाँ खर्च गर्ने गरेको पनि बताएको छ ।