• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   सहकारी ठगहरुलाई कारबाही नगरेमा लोकतन्त्र र गणतन्त्रको कुनै औचित्य छैन: अध्यक्ष केसी ★   सन्दीप लामिछानेलाई अमेरिकाले भिसा उपलब्ध नगराएकोमा राप्रपा प्रमुख सचेतक शाहीको आपत्ति ★   दिल्लीका मुख्यमन्त्री केजरीवालले तिहाड जेलमा आत्मसमर्पण गर्दै ★   पुराना पार्टीहरु देशको अवस्था रास्वपाले बिगारेको भनेर पन्छिन खोजेका छन्: सांसद झा ★   बजेटले पोखरा पर्यटकीय राजधानी बन्छ कि बन्दैन, भन्ने प्रश्न उठायो: सांसद बैरागी ★   जलवायु परिवर्तनको असर र प्रभावको सम्बन्धमा संसदभित्र छलफल गरौँ: सांसद सापकोटा ★   संसदीय छानविन विशेष समितिले गृहमन्त्री लामिछानेमाथि पनि छानविन गर्छ: गगन थापा ★   पण्डित नवराज पौडेलको १०४ औं जन्म जयन्ती मनाईयो ★   भारतमा निर्वाचनको अन्तिम दिन मतदान स्थलमा खटिएका ३३ कर्मचारीको मृत्यु ★   सांसद न्यौपानेको प्रश्न: सिंहदरबारमा हाफपाइन्ट र चप्पल लगाउने सर्वसाधारणलाई किन प्रवेश दिइएन ?

अति नै सुरक्षित मानिने शाहरुख खानको ‘मन्नत’भित्र कसरी पसे दुई व्यक्ति ?



एजेन्सी । शाहरुख खानको बंगला ‘मन्नत’ को सुरक्षामा लापरवाही भएको घटना बाहिर आएको छ । बिहीबार अबेर राति दुईजना युवक पर्खाल तोडेर बंगलाको तेस्रो तलामा पुगेका थिए । तर, सुरक्षाकर्मीले उनीहरुलाई समातेर प्रहरीलाई बुझाए ।

दुवैको उमेर २१ देखि २५ वर्ष रहेको बताइएको छ । दुवै गुजरातका हुन् । प्रहरीले उनीहरुविरुद्ध आईपीसीको धारा ४५२/३४ अन्तर्गत मुद्दा दर्ता गरेको छ ।

यो घटना हुँदा शाहरुख खान घरमा थिएनन् । दुवै केटा बंगलाको तेस्रो तल्लामा पुगेका थिए । पहिले सुरक्षा गार्डले देखे । यो घटना राति ९ः४५ बजेको हो । पुलिसको सोधपुछमा दुबै सुरतका बासिन्दा हुन् र शाहरुखलाई भेट्न मुम्बई पुगेका थिए । दुवैको आपराधिक अभिलेखको खोजी भइरहेको छ ।

‘मन्नत’ शाहरुखले सन् २००१ मा बाई खोरशेद भानु सञ्जना ट्रस्टबाट १३ः३२ करोड भारुमा लिजमा किनेका थिए । चार वर्षसम्म चलेको मर्मतसम्भारपछि यसको नाम मन्नत राखियो । मुम्बईस्थित फकिह एण्ड एसोसिएट्सले ६ हजार स्क्वायर फिटको बंगला डिजाइन गरेको हो । शाहरुख–गौरीको यो बंगलाको संरचना २० औं शताब्दीको ग्रेड–३ हेरिटेजको छ, जुन स्काईवर्ड, पछाडि, र साइडवे चारैतिर खुल्छ ।

६ तले मन्नतमा शाहरुखको परिवार मात्र २ तल्लामा बस्छन् । बाँकी तलाहरू कार्यालय, निजी बार, निजी थिएटर, पौडी पोखरी, अतिथि कोठा, जिम, पुस्तकालय, खेल क्षेत्र र पार्किङको लागि प्रयोग गरिन्छ ।




भर्खरै