२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

अति नै सुरक्षित मानिने शाहरुख खानको ‘मन्नत’भित्र कसरी पसे दुई व्यक्ति ?



अ+ अ-

एजेन्सी । शाहरुख खानको बंगला ‘मन्नत’ को सुरक्षामा लापरवाही भएको घटना बाहिर आएको छ । बिहीबार अबेर राति दुईजना युवक पर्खाल तोडेर बंगलाको तेस्रो तलामा पुगेका थिए । तर, सुरक्षाकर्मीले उनीहरुलाई समातेर प्रहरीलाई बुझाए ।

दुवैको उमेर २१ देखि २५ वर्ष रहेको बताइएको छ । दुवै गुजरातका हुन् । प्रहरीले उनीहरुविरुद्ध आईपीसीको धारा ४५२/३४ अन्तर्गत मुद्दा दर्ता गरेको छ ।

यो घटना हुँदा शाहरुख खान घरमा थिएनन् । दुवै केटा बंगलाको तेस्रो तल्लामा पुगेका थिए । पहिले सुरक्षा गार्डले देखे । यो घटना राति ९ः४५ बजेको हो । पुलिसको सोधपुछमा दुबै सुरतका बासिन्दा हुन् र शाहरुखलाई भेट्न मुम्बई पुगेका थिए । दुवैको आपराधिक अभिलेखको खोजी भइरहेको छ ।

‘मन्नत’ शाहरुखले सन् २००१ मा बाई खोरशेद भानु सञ्जना ट्रस्टबाट १३ः३२ करोड भारुमा लिजमा किनेका थिए । चार वर्षसम्म चलेको मर्मतसम्भारपछि यसको नाम मन्नत राखियो । मुम्बईस्थित फकिह एण्ड एसोसिएट्सले ६ हजार स्क्वायर फिटको बंगला डिजाइन गरेको हो । शाहरुख–गौरीको यो बंगलाको संरचना २० औं शताब्दीको ग्रेड–३ हेरिटेजको छ, जुन स्काईवर्ड, पछाडि, र साइडवे चारैतिर खुल्छ ।

६ तले मन्नतमा शाहरुखको परिवार मात्र २ तल्लामा बस्छन् । बाँकी तलाहरू कार्यालय, निजी बार, निजी थिएटर, पौडी पोखरी, अतिथि कोठा, जिम, पुस्तकालय, खेल क्षेत्र र पार्किङको लागि प्रयोग गरिन्छ ।