२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम मुख्यमन्त्री कार्यालय बाहिर व्यापारीको धर्ना, तत्काल ब्याजदर घटाउन माग



अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय बाहिर उद्योगी व्यापारीहरूले धर्ना दिएका छन् । बैंकहरूले दिइरहेको चर्को ब्याजदर घटाउन माग गर्दै उनीहरुले धर्ना दिएका हुन् ।

केही दिनदेखि गरिरहेको आन्दोलनका बिषयमा प्रदेश सरकारले चासो नदिएको भन्दै उनीहरुले सबै व्यापार बन्द गरेर आन्दोलनमा उत्रिएका थिए । व्यापारीहरूले आज बिहान १० देखि ११ बजे सम्म मुख्यमन्त्री कार्यालय अगाडी धर्ना बसेका थिए ।

उद्योगी व्यवसायीहरूले आज बिहान ९ बजे धनगढी चौराहाबाट निकालेको र्‍याली मुख्यमन्त्री कार्यालयमा पुगेर कोष सभा गरेका थिए । उनीहरुले तत्काल ब्याजदर घटाउन माग गरेका छन् ।

कैलाली उद्योग वाणिज्य सङ्घले भोलिबाट आन्दोलन थप सशक्त पारिने जनाएको छ ।