• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने ★   टी–२० विश्वकप आजदेखि, अमेरिका र क्यानडा भिड्दै ★   आठ जना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’ ★   मोदीले ‘ह्याट्रिक’ गर्ने लगभग निश्चित ★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि

मालपोत कार्यालय महोत्तरीबाट नायब सुब्बा र लेखनदास पक्राउ



जलेश्वर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयको टोलीले बिहीबार दिउँसो महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित मालपोत कार्यालयबाट घुसको रकमसहित नायब सुब्बा र एक जना लेखनदास (लेखापढी व्यवसायी)लाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा मालपोत कार्यालय महोत्तरीको मुद्दा शाखामा कार्यरत नायब सुब्बा ५५ वर्षीय रामकृष्ण पण्डित र मालपोत कार्यालयमा लेखनदासको काम गर्दै आएका लेखापढी व्यवसायी शुभासचन्द्र लालकर्ण रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रहरी नायब उपरीक्षक सुभास राईले बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट प्रहरी नायब उपरीक्षक राई नेतृत्वमा खटिगएको अख्तियारको टोलीले नासु रामकृष्ण र लेखनदास सुभासचन्द्र लाललाई सेवाग्राहीसँग नौ हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको हो ।

नासु रामकृष्णले कार्यालय बाहिर निस्केर सेवाग्राहीसँग मुद्दा फैसलाका लागि रु नौ हजार लिई लेखापढी व्यवसायी सुभासचन्द्रलाई मालपोत कार्यालय अगाडि नै सञ्चालनमा रहेको सुभास भू–सेवा केन्द्र जलेश्वर–२, महोत्तरीमा राख्न दिँदै गरेको अवस्थामा दुवै जनालाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका नासु रामकृष्ण र लेखनदास सुभासचन्द्र लाललाई बरामद रकमसहित आवश्यक मुचुल्का, खानतलासी, पक्राउ पुर्जी र पीडितको फाइल मागेर आवश्यक कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा लगिएको छ । रासस