३ भाद्र २०८३, बुधबार
,
Latest
मानवीय सेवामा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न गृहसचिव श्रेष्ठको आग्रह किरण थापालाई समर्थनबारे बुझाइएको पत्र आधिकारिक नभएको राप्रपाको स्पष्टोक्ति ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक, १ हजार २ सय सवारी जीपीएसमा जोडिए ओभरलोड र पानी चुहाउने ट्रकका कारण कलंकी–नागढुङ्गा सडक जोखिममा सरकारी कार्यालयमा अनुशासन कडाइ, ११ हजार कर्मचारी कारबाहीको दायरामा राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ? भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा ‘इतिहास नपढी ३५ वर्षलाई गाली गरेर मात्र देश चल्दैन’: नेकपा सांसद विष्ट गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा रेडक्रसलाई तदर्थवादबाट मुक्त गरी अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउन सांसद शाहीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

यूएईलाई हराउँदै नेपाल विश्वकपमा



अ+ अ-

काठमाडौँ । आइसिसी यू–१९ विश्वकप एशिया छनोटअन्तर्गतको अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई हराउँदै विश्वकपको यात्रा तय गरेको छ ।

यूएईको अजमानको इडन गार्डेन ओभल मैदानमा आज भएको खेलमा नेपालले यूएईलाई सात रनले पराजित गर्दै आगामी वर्ष श्रीलङ्कामा आयोजना हुने विश्वकपको यात्रा तय गरेको हो । नेपाल सन् २०१६ पछि पहिलोपटक विश्वकपका लागि छनोट भएको हो । जितका लागि नेपालले दिएको एक सय ९२ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभरमा एक सय ८४ रनमा समेटियो ।

यूएईका लागि इथन डिसुजाले ६६ बलमा ५ चौकाको मद्दतमा सर्वाधिक ५० रनको योगदान दिए भने आर्यन सक्सेनाले ३४, आर्यन्स शर्माले ३२, अमर बदामीले १९, ध्रुव परासरले १७ तथा मारुफ मर्चेन्टले अविजित १२ रन बनाए ।

नेपालका लागि दिपेश कँडेलले पाँँच तथा सुवास भण्डारी र हेमन्त धामीले समान दुई/दुई विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ९१ रनको योगफल तयार गरेको थियो ।

नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ५१ रन जोडे । उनले ८४ बलमा तीन चौका र एक छक्काको मद्दतमा ५१ रन जोडेका हुन । यसैगरी विशालविक्रम केसीले ३८, उत्तम थापा मगरले ३६, दिपेश कँडेलले १५, हेमन्त धामीले १३ तथा मिलन बोहराले १० रन बनाए ।

यूएईका लागि ध्रुव परासरले तीन, हरित सेट्टी र कप्तान आयन खानले समान दुई/दुई विकेट लिए । त्यस्तै हर्षित सेठ र अमर बदामीले समान एक विकेट लिए । नेपालले छनोट चरणको पाँच खेलमा पाँचै वटामा जित हासिल गरेको थियो ।

नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ८६, दोस्रो खेलमा कुवेतलाई दुई सय ४३, तेस्रो खेलमा हङ्कङलाई ९ विकेट र चौथो खेलमा मलेसियालाई १० विकेटले पराजित गरेको थियो ।