५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसको एमालेलाई जवाफ: राष्ट्रपतिमा सघाउँदैनौँ



अ+ अ-

काठमाडौँ । राष्ट्रपतिमा नेकपा (एमाले) का उम्मेदवार सुवास नेम्वाङलाई मत माग्न नेकपा (एकीकृत समाजवादी) को कार्यालयमा पुगेका एमाले नेताहरूलाई एकीकृत समाजवादीले राष्ट्रपतिमा सघाउन नसक्ने स्पष्ट जवाफ दिएको छ ।

एकीकृत समाजवादीले राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेलको प्रस्ताव रहेको पार्टी भएकाले सहयोग गर्ने परिस्थिति नरहेको जवाफ दिएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताउनुभयो ।

पार्टी अध्यक्ष माधव नेपालको भनाइ उद्धृत गर्दै उहाँले भन्नुभयो, “हाम्रो तर्फबाट पार्टीका अध्यक्षले मत माग्न आउनुभयो । सौहार्दपूर्ण वातावरण कुराकानी गर्ने आधार तयार गर्नुभएकोमा धन्यवाद छ । फेरिपनि छलफल हुनसक्छ ।”

पहिलो पटक दुई पार्टीबीच औपचारिक छलफल सुरू भएकाले बैठकमा नकारात्मक कुरा हुनुपर्ने कुनै कारण नहरेको प्रवक्ता खतिवडाको भनाइ थियो ।

एमालेले एकीकृत समाजवादीको अस्तित्वमाथि अनेकौँ कुरा भनेको सबैलाई थाहा छ भन्दै उहाँले त्यही पार्टीले आज पार्टी कार्यालयमा आएर औपचारिक संवाद गर्नु परिवर्तनको संकेत भएको बताउनुभयो ।