१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा प्रधानमन्त्री बन्ने कुरा अनुमानको खेती मात्रै– माओवादी सांसद बस्नेत



file
अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने भन्ने कुरा अनुमानको खेती मात्रै भएको बताएका छन्।

कांग्रेससहित आठ दलको सांसद प्रशिक्षण कार्यक्रमअघि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले ठुलो दलको हैसियतले देउवा प्रधानमन्त्री बन्ने कुरा अनुमान मात्रै भएको बताएका हुन् ।

उनले चुनावमै गठबन्धन भएकाले यो गठबन्धन टिक्ने दाबी गरे। उनले पार्टीहरूले गरेको निर्णय सांसदहरूलाई सम्प्रेषण गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम राखेको बताए ।