७ श्रावण २०८३, बिहीबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ कन्टेनर फ्रेट स्टेसनको भौतिक निर्माण सम्पन्न



अ+ अ-

काठमाडौँ । काठमाडौँको चोभारस्थित सुक्खा बन्दरगाह (काठमाडौँ कन्टेनर फ्रेट स्टेसन) को भौतिक निर्माण सम्पन्न भएको छ । मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई थप सहजीकरण गर्ने दीर्घकालीन सोचअनुरूप राजधानीमा सुक्खा बन्दरगाह निर्माण गरिएको हो ।

बन्दरगाहको सञ्चालन मोडालिटी तय गर्न समिति गठन गरी काम अगाडि बढाइएको इन्टर मोडल यातायात विकास समितिले स्पष्ट पारको छ । समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बाह्य मुलुकबाट आयात र नेपालबाट निर्यात हुने सामानलाई एकीकृत सेवा दिन सुक्खा बन्दरगाह तयार गरिएको हो । नयाँ संरचना सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण सम्पन्न भए पनि अझै धेरै काम गर्न बाँकी छ । नेपालका लागि यो नयाँ संरचना भएकाले नयाँ प्रयोगमा ल्याउन बन्दरगाहको सञ्चालन मोडालिटी तय गर्न समिति गठन गरिएको छ । समितिले गृहकार्य समेत थालिसकेको छ ।

गजुरेलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रकाश दाहालको संयोकत्वमा समिति गठन गरी मोडालिटी तय गर्ने काम सुरु गरिएको जानकारी दिनुभयो । समितिको सदस्यमा भन्सार विभाग र इन्टर मोडल यातायात विकास समितिको प्रतिनिधित्व रहनेभएको छ ।

कार्यकारी निर्देशक गजुरेलका अनुसार समितिले सो सुक्खा बन्दरगाह कुन मोडेलमा कसरी सञ्चालन गर्नेबारे सुझावसहितको प्रतिवेदन दिनेछ । यो बन्दरगाह सञ्चालनसँगै अहिलेसम्म सामान आयातमा लाग्दै आएको समय र लागतमा उल्लेखनीय रूपमा कमी आउने अधिकारीहरूको भनाइ छ । मुलुकको व्यापार प्र्रवद्र्धनका लागि अहिले पूर्वाधार व्यवस्थापनको समस्या रहेको छ । मौजुदा सो समस्याको समाधानका लागि चोभारको सुक्खा बन्दरगाहलाई सरकारले उच्च प्राथमिकतामा राखी निर्माण गरी सञ्चालनमा ल्याउन लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ माघ ३ गते सो बन्दरगाह निर्माणको शिलान्यास गर्दै यो बन्दरगाह सञ्चालनले विदेशी सामान निर्यात गर्न मात्रै होइन, स्वदेशी सामान आयात गर्ने ढोकासमेत खुल्ने विश्वास व्यक्त गर्नुभएको थियो । यो बन्दरगाह निर्माणका लागि नेपाल सरकार र विश्व बैङ्कबीच सन् २०१३ भएको सहमतिअनुसार सन् २०१९ भित्रै यो बन्दरगाह बनाइसक्नुपर्ने थियो ।

कार्यकारी निर्देशक गजुरेलले भन्नुभयो, ‘‘यो मुलुकको भन्सार क्षेत्रकै लागि नयाँ प्रयोग हो । अहिलेसम्म सीमा नाकामा गरिने भन्सार जाँचपास अब काठमाडौँमा गरिने छ । मोडालिटी तय गर्न केही महिनाको समय लाग्न सक्छ ।’’ स्पष्ट मोडालिटी बिना हतारमा सञ्चालन गर्दा राम्रो प्रतिफल नआउन सक्छ उहाँले भन्नुभयो । उहाँका अनुसार चोभारमा सुक्खा बन्दरगाह निर्माण भइसकेपछि काठमाडौँ आउने मालबाहक सवारी साधनहरू वीरगञ्जमा रोकी भन्सार जाँच गराउनु पर्दैन, सीधै काठमाडौँ आइपुग्नेछ र यहाँ नै ती मालबाहक सवारी साधनहरुको भन्सार जाँच हुनेछ । उहाँले भन्नुभयो, ‘‘काठमाडौँ केन्द्रित भएर आउने कन्टेनरलाई सीमाका भन्सार नाकाहरूमा अतिरिक्त सिल लगाइन्छ जुन चोभारको सुक्खा बन्दरगाहमा तोडिन्छ । ’’

भन्सार विभागका महानिर्देशक यामलाल भुसालले चोभारस्थित सुक्खा बन्दरगाह सञ्चालन गर्न विभागले कार्यदल गठन गरी भन्सार प्रयोजनको लागि कार्यविधि निर्माण गरिरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘चोभार सुक्खा बन्दरगाहको सञ्चालन हाम्रा लागि नयाँ प्रयोग हो । सीमा नाकाबाट चोभार आइपुग्ने मालवस्तुको कसरी व्यवस्थापन गर्ने, जाँचपास गर्ने, राजस्व सङ्कलन गर्नेलगायतको विषयलाई सम्बोधन गर्न विभागले कार्यविधि तयार गरिरहेको छ ।’’, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।