९ भाद्र २०८३, मंगलवार
,
Latest
गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट ठेक्कापट्टामा अड्किएका गण्डकीका विकास आयोजना : वर्षौँ बित्दा पनि अधुरै गाईजात्रा नजिकिएसँगै भक्तपुरमा ताहासाका लागि बाँसको व्यापार बढ्यो सुनचाँदीको मूल्य घट्यो राष्ट्रिय सभाको शुन्य समयः कुटनीतिक रिक्ततादेखि जनस्वास्थ्य र पूर्वाधारका समस्यासम्म सरकारको ध्यानाकर्षण नेपाल विशेष सेवा ऐन जगाउने विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोले विवाह नै बिचल्ली, नवविवाहित जोडी एकआपसमा गफिदै



अ+ अ-

चितवन । स्याङ्जा टक्सारका कुलदीप पौडेल बेहुली लिन बिहीबार बिहान ९ बजे जन्तीसहित हिँडे। विवाहको साइतभन्दा उनी ढिलो पुगे। बेहुलीको घर भरतपुर महानगरपालिका–९ शरदपुर दिउँसो पुग्नुपर्नेमा मध्यरातको १२ बज्यो। 

विवाह कार्यक्रम सकेर बिहान ४ बजे फर्किंदा फेरि जाममा परे। पहिरो हटाएर बाटो खुल्ने पर्खाइमा रहेका नवदम्पतीले गाडीमै बसेर दिन कटाए। घरबाट जन्ती प्रस्थान गरेको ३६ घण्टामा पनि बाटोमै थिए।  ‘कहिले कति बेला पुग्ने हो थाहै छैन’, पौडेलले भने, ‘प्रकृतिसँग त कसको के लाग्छ र १ तैपनि छिटो पहिरो हटाउने व्यवस्था नहुँदा दुस्ख पायौं।’

बेहुला–बेहुलीको पोसाकमा सजिएकाले गाडीबाट बाहिर निस्केका थिएनन्। ‘हिजो बिहानको बिहे आजसम्म बाटोमै छौं’, बेहुली सुस्मिता रानाभाटले भनिन्, ‘पहिरोले विवाह नै बिचल्लीको बनाइ दियो।’ इच्छाकामना गाउँपालिका–६ पाँचकिलो र चारकिलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो। 

यात्रुहरू चारकिलोको पहिरो कति खेर हट्ला भनेर पर्खिरहेका थिए। सवारी साधनको जाम लामो थियो। बिहीबार बिहान ९ बजे निस्किएका जन्ती शुक्रबारसम्म सडकमै थिए। पहिरोले बाटो थुनेपछि रोकिएका उनीहरूको एकदिने विवाह दुई दिनको भयो। 

पहिरोले बिजोग बनाएको अर्को जोडी भेटियो कास्कीका किरणराज सिग्देलको। पोखरा महानगरपालिका ३२ मालेपाटनका सिग्देलको बुटवल–१२ तामनगरकी इना पौडेलसँग बिहीबार विवाह भएको हो। बाटोकै कारण अभिभावकले नारायणगढमा आएर विवाह गरिदिए। माइती पक्ष बुटवल पुगिसक्दा उनीहरू नारायणगढ–मुग्लिन सडकखण्डमा रोकिए।  ‘छिटो जान पाएको भए समयमा काम सकिन्थ्यो होला’, सिग्देलले भने, ‘हामीले मात्रै होइन जन्तीले पनि दुस्ख पाए।’ बिहीबार राति बेहुलीकहाँ पुगेर विवाह गरेर फर्किंदा शुक्रबार बिहान ३ बजेको थियो। फर्कने क्रममा बाटोमा पहिरो खस्यो। ‘बाटोकै कारण विवाह पनि एक दिन ढिलो भयो’, इनाले भनिन्, ‘उहाँहरू पुगिसक्नुभयो, आत्तिनुभएको छ। यही छौं भनेर जानकारी गराएको छु।’

त्यस्तै, बेहुली लिन घरबाट निस्किएको अर्को बिहेको जन्ती पहिरोले रोकिएपछि लगन छुट्ने छटपटीमा भेटिए। भरतपुरबाट बेहुली लिन बिहान ५ बजे लमजुङको बेंसीसहर हिँडेका गणेश सापकोटा बाटोमै रोकिएपछि छटपटिदै थिए। ‘बिहानै हिँडेको चार घण्टा भइसक्यो। अझै कति लाग्ने हो थाहा छैन। 

गाडीभित्र बसेको छु’, सापकोटाले भने, ‘न अघि जान मिलेको छ न फर्किन नै मिल्यो। बिचल्लीको विवाह भयो मेरो त।’ पहिरोले शुक्रबार दिनभर नै नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भयो। यात्रु अलपत्र थिए। नवविवाहित जोडी एकआपसमा गफ गरेर बसेका देखिन्थे। पहिरोेले सबैलाई सास्ती दियो। मुग्लिनबाट चार किलोमिटर नारायणगढतर्फ बिहीबार राति पहिरो खसेको हो।  बिहीबार सात ठाउँमा नयाँ पहिरो देखापरेको छ। 

सबैभन्दा ठूलो पहिरो चारकिलोमा खसेको हो। यहाँ सधैजसो पहिरो खस्ने समस्या छ। चारकिलोमा शुक्रबार साँझ एकतर्फी सञ्चालन भएको थियो। चारकिलोमै फेरि बेलुका साढे ८ बजे पहिरो गएको छ।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।