२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालय जाँदै गरेकी बालिकाको भिरबाट लडेर मृत्यु



symbolic picture
अ+ अ-

गलकोट । बागलुङमा विद्यालय जाँदै गरेकी बालिकाको भिरबाट लडेर मृत्यु भएको छ ।

बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटकी आठ वर्षीया प्रतिक्षा घर्ती मगरेको मंगलबार भिरबाट लडेर ज्यान गएको हो ।

मगरको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिए ।

उनी साथिसित घरबाट विद्यालय जाने क्रममा भिरबाट लडेकी थिइन् । शव परीक्षणका लागि सदरमुकाम बागलुङ ल्याइएको छ । रासस