१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ? भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’ बाढीपहिरो प्रभावितको राहतका लागि एमाले बागमती र राजधानी प्रदेशद्वारा २० लाख सहयोग घोषणा माथिल्लो त्रिशूली–३ ‘ए’ को अन्डरग्राउन्ड पावर हाउसमा फसेका कर्मचारीको उद्धारका लागि उत्खनन तीव्र गैरआवासीय नेपाली संघद्वारा ५ करोडको राहत घोषणा, नुवाकोटका प्रभावित क्षेत्रमा सामग्री वितरण भोटेकोशी बाढीः दिउँसो १२ बजेसम्म ४८९ जनाको शव फेला, दुई हजार ३८१ अझै सम्पर्कविहीन भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ बानेश्वरको अवस्था तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार



अ+ अ-

काठमाडौं । एमसीसीको विरोधमा सडकमा उत्रेका प्रदर्शनकारीहरुले प्रहरीमाथी ढुङ्गामुढा प्रहर गरेका छन् भने प्रहरीले पनि अश्रुग्यास प्रहार गरेका छन् । नेकपा माओवादीका भ्रातृ सङ्गठनहरुले नयाँ बानेश्वरको सडकमा एमसीसीविरुद्ध प्रदर्शन आयोजना गर्दा सो क्षेत्र तनावग्रस्त भएको छ ।

प्रदर्शनकारीहरुले प्रहरीमाथी ढुङ्गामुढा प्रहर गर्दा प्रहरी भ्यान समेत तोडफोड भएको छ । प्रदर्शनकारीले नाराबाजी गर्दै ढुङ्गा प्रहार गरेपछि प्रहरीसँग मुठभेड भएको हो । प्रदर्शन जारी छ ।

उता प्रधानमन्त्री शेर बहादुर देउवा र  माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड बिचको छलफल सकिएको छ र एमसीसी लगायतका विषयमा छलफल गर्न भोली ३ बजे गठबन्धनका शिर्ष नेताहरुको बैठक बस्ने तय भएको दाहालको सचिवालयले जनाएको छ । त्यस्तै आज बसेको संसद बैठकमा एमसीसी टेबल भएन । 

 




भर्खरै