६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ विश्वकप छनोट: नेपालको लगातार चौथो जित, मलेसिया १० विकेटले पराजित



अ+ अ-

काठमाडौं । यूएईएमा जारी आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोटअन्तर्गतको खेलमा नेपालले लगातार चौथो जित हात पारेको छ ।

यूएईस्थित मलेका क्रिकेट मैदानमा भएको खेलमा मलेसियालाई १० विकेटले पराजित गर्दै नेपालले चौथो जित हात पारेको हो ।

जितको लागि मलेसियाले दिएको ७३ रनको लक्ष्य नेपालले आठौं ओभरको अन्तिम बलमा बिना कुनै विकेटको क्षतिमा पूरा गर्यो ।

नेपालका दुवै ओपनर अविजित रहे । ओपनर दिपक बोहोरा ३८ रन बनाए भने अर्जुन कुमालले २१ रन बनाए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले ३५.३ ओभरमा अलआउट हुँदै ७२ रन बनायो । मलेसियाका मोहम्मद अकरम मलेक ५१ बलमा ३ चौकासहित सर्वाधिक २६ रन बनाएर क्याच आउट भए । उनी स्पिनर दीपेश कँडेलको बलमा विशाल विक्रम केसीबाट क्याच आउट भएका थिए । यस्तै, मुहम्मद सायाहिर र मूहम्मद हरिसानले समान १२/१२ रन बनाउदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि बलिङ गरेका दीपेश कंडेलले १० ओभरमा ११ रन खर्चिएर ४ विकेट लिए । आकाश चन्दले ३ विकेट लिए भने मिलन बोहोराले २ विकेट लिए । सुवास भण्डारीले भने १ विकेट लिए ।

प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ।