२१ मंसिर २०८२, आईतवार
,
Latest
जेन–जी आन्दोलनका हिंसात्मक घटना इतिहासकै दुःखद्: पूर्वराष्ट्रपति भण्डारी घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यमा अधिकारी र कटुवाल मनोनित ‘भेडा मरेर के भो मन मरेको छैन’ आम सञ्चारमाध्यम र न्यु मिडियालाई थप व्यवस्थित बनाउन जरुरीः मन्त्री खरेल एनपीएलः चार टोलीको नजर पहिलो ट्रफिमा, कसको पल्ला भारी ? पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाइने मिराज ढुंगानले मागे प्रधानमन्त्री कार्कीको राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ विश्वकप छनोट: नेपालको लगातार चौथो जित, मलेसिया १० विकेटले पराजित



अ+ अ-

काठमाडौं । यूएईएमा जारी आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोटअन्तर्गतको खेलमा नेपालले लगातार चौथो जित हात पारेको छ ।

यूएईस्थित मलेका क्रिकेट मैदानमा भएको खेलमा मलेसियालाई १० विकेटले पराजित गर्दै नेपालले चौथो जित हात पारेको हो ।

जितको लागि मलेसियाले दिएको ७३ रनको लक्ष्य नेपालले आठौं ओभरको अन्तिम बलमा बिना कुनै विकेटको क्षतिमा पूरा गर्यो ।

नेपालका दुवै ओपनर अविजित रहे । ओपनर दिपक बोहोरा ३८ रन बनाए भने अर्जुन कुमालले २१ रन बनाए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले ३५.३ ओभरमा अलआउट हुँदै ७२ रन बनायो । मलेसियाका मोहम्मद अकरम मलेक ५१ बलमा ३ चौकासहित सर्वाधिक २६ रन बनाएर क्याच आउट भए । उनी स्पिनर दीपेश कँडेलको बलमा विशाल विक्रम केसीबाट क्याच आउट भएका थिए । यस्तै, मुहम्मद सायाहिर र मूहम्मद हरिसानले समान १२/१२ रन बनाउदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि बलिङ गरेका दीपेश कंडेलले १० ओभरमा ११ रन खर्चिएर ४ विकेट लिए । आकाश चन्दले ३ विकेट लिए भने मिलन बोहोराले २ विकेट लिए । सुवास भण्डारीले भने १ विकेट लिए ।

प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ।