२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पल शाहको समर्थकको भिडले एयरपोर्टको आन्तरिक टर्मिनल अस्तव्यस्त



तस्बिर: सामाजिक सञ्जाल
अ+ अ-

काठमाडौं । अभिनेता पल शाह काठमाडौं आउने भनेपछि त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा भिडभाड बढेको छ ।

पलका समर्थक, युट्यूबर र सञ्चारकर्मीको भिड लाग्दा एयरपोर्टबाहिरको वातावरण अस्तव्यस्त बनेको हो ।

त्रिभुवन विमानस्थल बाहिर भिड लाग्दा यात्रुको आवागमनमा समेत अवरोध पुगेको छ । केहीबेर एयरपोर्टबाट यात्रु बाहिर ओसार्ने सटल बससमेत अवरुद्ध भएको थियो ।

हिजो सोमबार मात्र तनहुँ कारागारबाट छुटेका अभिनेता पल आज पोखराबाट काठमाडौं आउन लागेका हुन् । बलात्कार आरोप लागेका पललाई पीडितपक्षको दाबी नपुग्ने ठहरसहित उच्च अदालत पोखराले आइतबार सफाइ दिएको थियो ।